सिरहा नगरपालिकाले अझै ल्याएन नीति तथा कार्यक्रम र बजेट  « Khabarhub

सिरहा नगरपालिकाले अझै ल्याएन नीति तथा कार्यक्रम र बजेट 


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा – यहाँको सिरहा नगरपालिकाले आर्थिक वर्ष २०८२-०८३ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । 

कानुनी व्यवस्थाअनुसार असार १० गतेसम्म ल्याउनैपर्ने बजेट जिल्ला सदरमुकामसमेत रहेको सो नगरपालिकाले नगरसभा गर्न नसक्दा आगामी आवको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो । 

नगर प्रमुख डा नवीनकुमार यादव अस्वस्थ रहेकाले आवश्यक तयारी नपुग्दा बजेट ल्याउन नसकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद इद्रिस राइनले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत राइनका अनुसार केही दिनभित्रै नगर कार्यपालिकाको बैठक बसी नगरसभाको मिति तोकिने छ ।

नीति तथा कार्यक्रम र बजेट ल्याउने पालिकामा जिल्लामै सबैभन्दा ठूलो २४ वडा रहेको लहान नगरपालिकाले रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । 

त्यसैगरी गोलबजार नगरपालिकाले ८१ करोड ८९ लाख ८९ हजार र मिर्चैया नगरपालिकाले ७० करोड ११ लाख ७१ हजारको बजेट ल्याएको छ । 

त्यसैगरी जिल्लाका धनगढीमाई नगरपालिकाले रु ६८ करोड नौ लाख ७४ हजार, कल्याणपुर नगरपालिकाले रु ५८ करोड ३१ लाख ३३ हजार, सुखीपुर नगरपालिकाले ६२ करोड ८६ लाख नौ हजार, कर्जन्हा नगरपालिकाले ४२ करोड ९१ लाख ११ हजारको आगामी आवको आयव्ययसहितको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।   

त्यस्तै गाउँपालिकातर्फ अर्नमा गाउँपालिकाले रु ४९ करोड ९६ लाख, सखुवानन्कारकट्टी गाउँपालिकाले रु ३७ करोड ४० लाख चार हजार, औरही गाउँपालिकाले रु ४० करोड ८२ लाख नौ हजार, बरियारपट्टि गाउँपालिकाले रु ४५ करोड ६८ लाख ८१ हजार, विष्णुपुर गाउँपालिकाले ४३ करोड ९४ लाख ५१ हजार, भगवानपुर गाउँपालिकाले रु ४८ करोड ४४ लाख ३१ हजारको बजेट प्रस्तुत गरेका हुन् । 

त्यसैगरी नवराजपुर गाउँपालिकाले रु ४३ करोड ८६ लाख ७५ हजार, लक्ष्मीपुरपतारी गाउँपालिकाले रु ४३ करोड ३४ लाख ५१ हजार र नरहा गाउँपालिकाले रु ३८ करोड ८६ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका छन् । 

जिल्लाका पालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा दलित, विपन्नलाई स्वास्थ्य बिमादेखि दलितलाई नागरिकता बनाउन लाग्ने सम्पूर्ण खर्च पालिकाले बेहोर्नेसम्मका कार्यक्रम रहेका छन् । 
 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ३ : ५३ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको