मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड | Khabarhub Khabarhub

मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ– आगामी आर्थिक वर्ष २०८२-८३ का लागि यहाँका १६ स्थानीय तहले रु १६ अर्ब ५७ करोडको बजेट ल्याएका छन् । जिल्लामा रहेका १७ स्थानीय तहमध्ये असार १० गतेभित्रै ग्रामथान गाउँपालिकाबाहेकका १६ स्थानीय तहहरूले नीति तथा कार्यक्रम र बजेट सभामा पेस गरेका छन् । 

जिल्लाका १६ स्थानीय तहले आगामी आर्थिक वर्षका लागि रु १६ अर्ब ५७ करोड ३६ लाख पाँच हजार ६४४ बराबरको बजेट ल्याएका छन् । जिल्लामा एक महानगर, आठ नगरपालिका र आठ गाउँपालिका रहेकामा ग्रामथान गाउँपालिकाबाहेका १६ वटा स्थानीय तहले बजेट नगर तथा गाउँ सभामा पेस गरेका हुन् । 

ग्रामथान गाउँपालिकाले आन्तरिक किचलोका कारण असार १० गते भित्रमा बजेट पेश गर्न सकेन । मोरङमा सबैभन्दा बढी विराटनगर महानगरपालिकाले रु चार अर्ब ४० लाख बजेट ल्याएको छ । 

यस्तै सुन्दरहरैँचा नगरपालिकाले रु एक अर्ब ७१ करोड २७ लाख ५९ हजार १८०, उर्लाबारी नगरपालिकाले रु एक अर्ब १८ करोड ४० लाख ५४ हजार ५०० र बेलबारी नगरपालिकाले रु एक अर्ब नौ करोड ४५ं लाख ४७ हजारको बजेट आगामी आर्थिक वर्ष लागि पेस गरेका छन् । 

यसैगरी रतुवामाई नगरपालिकाले रु तीन करोड ८५ लाख ११ हजार, पथरीशनिश्चरे नगरपालिकाले रु ८१ करोड ९९ लाख ९१ हजार, रंगेली नगरपालिकाले रु ७७ करोड ७७ लाख आठ हजार ५८, सुनवर्षी नगरपालिकाले रु ६७ हजार १३ लाख २२ हजार र लेटाङ नगरपालिकाले रु ६१ करोड छ लाख २८ हजार २०० बराबरको बजेट पेश गरेका छन् ।

अन्य गाउँपालिकाहरुमा केराबारीले रु ८४ करोड ८५ लाख आठ हजार, मिक्लाजुङले रु ७९ करोड ९२ लाख ४९ हजार ७०, बुढीगंगाले रु ७६ करोड ३० लाख ९३ हजार, कानेपोखरीले रु ६७ करोड २९ लाख ९६ हजार, जहदाले रु ६० करोड २७ लाख ९० हजार ५२५, धनपालथानले रु ५९ करोड एक लाख ७३ हजार ३११  र कटहरीले रु ५८ करोड ९१ लख ४४ हजार ५०० बराबरको बजेट ल्याएका छन् ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ४ : ०२ बजे

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी

कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोडिँदै

काठमाडौं– सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु