आउने भयो ‘बिग बोस सिजन १९’ « Khabarhub

आउने भयो ‘बिग बोस सिजन १९’


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १९ औं सिजन चाँडै प्रशारणमा आउने भएको छ ।

टेलिभिजन शो र निर्माण पक्षबीच सहमति हुन नसक्दा यो शोको प्रशारण अन्योलमा परेको थियो ।

सोहीकारण केही समयअघि ‘बिग बोस’को कार्यक्रम नै रद्द भएको समाचार बाहिरिएको थियो ।

अब भने यो कार्यक्रम सुचारु हुने छनक देखिएको छ । भारतीय मिडिया बलिउड लाइफका अनुसार यस शोका निर्माण कम्पनी कलाकार र टेलिभिजन च्यानलसँग सम्पर्कमा जुटिसकेको छ ।

अगस्टमा कार्यक्रम प्रशारण गर्ने हिसाबले निर्माता कम्पनीले काम अगाडि बढाएको उक्त मिडियाले उल्लेख गरेको छ । अगस्ट ३ मा यो शो प्रशारणमा आउने निश्चित जस्तै छ ।

विगतमा जस्तो यो सिजनमा सामाजिक सञ्जालमा भाइरल र सोसल मिडिया इन्फ्लुएन्सरलाई सहभागी नगराउने निर्णय भएको निर्माण पक्षले बताएको छ ।

यो पटक कलाकार र सेलिब्रिटीहरु मात्र प्रतिस्पर्धी हुनेछन् । शोको होस्टमा बलिउड नायक सलमान खान नै दोहोरिने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : ३९ बजे

प्रधानमन्त्री र गृहमन्त्रीले गरे जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा सुरु गरिएको

राष्ट्रियसभा अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच संसदीय सहकार्यबारे छलफल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ

चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम– मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने भएको

कान्ति र भक्तपुर क्यान्सर अस्पताल सम्झौता : बालबालिकाको क्यान्सर उपचारमा सहजता

काठमाडौं- कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबिच बालबालिकाको क्यान्सर