एमालेको निष्कर्ष- सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो « Khabarhub

एमालेको निष्कर्ष- सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सात दलीय गठबन्धन सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई बताए ।

‘सरकारले एक वर्ष पूरा गर्न लागेको छ । सरकारको यो एक वर्ष सन्तोषजनक रहेको छ । सबैभन्दा ठूलो कुरा राजनीतिक स्थायित्व बलियो भएको छ’, उनले भने, ‘यसबीचमा अनेक हल्ला चलाइए पनि सरकार दह्रोसँग उभिएको छ । मुलुकको अर्थतन्त्रले पनि लय समातेको छ । सडकको विरोधको स्वर पनि मथ्थर हुँदै गएको छ ।’

उनले चालु आर्थिक वर्षको बजेट अरू (माओवादी केन्द्र) ले बनाएकाले सोचे जस्तो परिणाम आउन नसकेको निष्कर्ष निकालिएको पनि बताए । ‘अरूले नै बनाएको बजेटका कारण गत वर्ष सोचे जस्तो नतिजा आएन’, उनले भने, ‘तर पनि देशमा अहिले सकारात्मक नतिजाहरू देखिन थालेका छन् । समग्रमा देशले एउटा सही दिशा लिएको छ । सरकारमा हाम्रो पार्टीको नेतृत्व प्रभावकारी छ ।’

एमालेले अझै बढी सुशासन र सेवा प्रवाहमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको निष्कर्ष निकालेको पनि उनले बताए । ‘केही आशा लाग्दा र उत्साहजनक खबर आएका छन् । खासगरि दैलेखमा पेट्रोलियम उत्खननको प्रारम्भिक रिपोर्ट आएको छ’, उनले भने, ‘११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको रिपोर्ट आएको छ । त्यो मुलुकको आर्थिक विकासका लागि संवाह बन्न सक्छ ।’

उनले राजावादीतिर लक्षित गर्दै यसबीचमा प्रतिगमनका केही प्रयास र गणतन्त्रविरोधी गतिविधि भए पनि अब ती निष्तेज भइसकेको बताए । ‘जनताको सजगता र सरकारको प्रयासले ती प्रतिगामी प्रयास निष्तेज भएका छन्’, उनले भने, ‘प्रतिगामी गतिविधिहरू अब निष्क्रिय भएकाले देशले सही बाटो समातेको छ ।’

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ३९ बजे

घरजग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौं– देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

काठमाडौं– शान्ति पदयात्राका क्रममा नेपाल आएका भियतनामी भिक्षुको समूहले विश्व

सातै प्रदेशले ल्याए बजेट : स्वास्थमा कसले कति विनियोजन गरे ?

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात वटै प्रदेश

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका