एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने « Khabarhub

एमालेको विधान महाधिवेशन भदौमै, तीनवटा दस्तावेज प्रस्तुत गरिने


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले दोस्रो विधान महाधिवेशनमा ललितपुरको गोदावरीस्थित सनराइज हलमा निर्धारित मिति आगामी भदौ २०-२२ मै गर्ने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले दोस्रो विधान महाधिवेशन निर्धारित मितिमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘पार्टीभित्रका विषयबारे छलफल भएको छ । पार्टीमा भावनात्मक एकतालाई बलियो बनाउने निर्णय भएको छ’, उनले भने, ‘दोस्रो विधान महाधिवेशनमा आगामी भदौ २० देखि २२ गते गर्ने निर्णय भइसकेको छ । त्यो महाधिवेशन सनराइज हल गोदावरीमा हुनेछ । उक्त महाधिवेशनमा तीनवटा दस्तावेज प्रस्तुत हुनेछन् ।’

उनका अनुसार राजनीतिक प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नेछन् । त्यस्तै विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेल र संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने भएका छन् ।

विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय कार्यालयले काम थाल्ने उनले बताए । विधान महाधिवेशनअघि छलफलका लागि एमालेले केन्द्रीय कमिटी बैठक साउन ५ गतेलाई डाकेको छ ।

त्यसअघि साउन २ गते पोलिट्ब्युरो बैठक बस्नेछ । साउन ५ गतेको बैठकले वपिधान संशोधन प्रस्ताव गर्ने ज्ञवालीले बताए । त्यहाँबाट विधान संशोधन प्रस्ताव छलफलका लागि तल्ला कमिटीमा लैजाने उनले बताए ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ४९ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका