इंग्ल्यान्डविरुद्धको टेस्टः स्टोक्सको घातक बलिङले भारत दबाबमा « Khabarhub

इंग्ल्यान्डविरुद्धको टेस्टः स्टोक्सको घातक बलिङले भारत दबाबमा


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा भारत दबाबमा परेको छ। इङ्गल्यान्डका कप्तान बेन स्टोक्सले पाँच विकेट लिएपछि भारतले दोस्रो टेस्टमा ३५८ रनको मध्यम स्कोर खडा गरेको छ।

बिहीबार दोस्रो दिनको खेल सकिँदा यशस्वी जयसवालले ५८, साइ सुदर्शनले ६१ तथा ऋषभ पन्तले ५४ रन जोडे। इङ्गल्यान्डका बेन स्टोक्सले ५ तथा जोफ्रा आर्चरले ३ विकेट लिए।

इङ्गल्यान्डका ज्याक क्रोलीले ८४ तथा बेन डकेटले ९४ रन जोडे। डेब्यु गरेका अशुल खम्बुजले पहिलो टेस्ट विकेटको रूपमा डकेटलाई आउट गरे।

इङ्गल्यान्डका जोए रुट ११ तथा ओलिप पोपले २० रनबाट शुक्रबार खेल्न सुरु गर्ने छन्। भारतले ऋषभ पन्तलाई चोटका कारण पहिलो दिनको सुरुमै गुमाएको थियो । उनी दोस्रो दिन ब्याटिङमा फर्किएका थिए ।

मैदानमा घाइते भएका ऋषभ पन्त। तस्बिरः क्रिकइन्फो

टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले यो टेस्ट जिते कप्तान बेन स्टोक्सको निर्णय ऐतिहासिक ठहर हुने छ। यसअघि म्यानचेस्टरमा पहिला फिल्डिङ गरेका कुनै टोलीले खेल जितेका छैनन्।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : ५० बजे

साउदी अरेबिया, टर्की र पाकिस्तानबीच रक्षा सम्झौतामा हस्ताक्षर

काठमाडौँ- मध्यपूर्वमा जारी सैन्य तनावका बीच साउदी अरेबिया, टर्की र

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ– वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा

स्पेन र इटालीबीचको विवाद उत्कर्षमा, हवाई र समुद्री यात्रामा सीमा नियन्त्रण लागू

काठमाडौँ– युरोपेली संघ (इयू) का दुई प्रमुख सदस्य राष्ट्र स्पेन

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र