सुख्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री, उजाड देखिए मधेशका खेतबारी (तस्बिरहरू) « Khabarhub

सुख्खाग्रस्त क्षेत्रमा प्रधानमन्त्री, उजाड देखिए मधेशका खेतबारी (तस्बिरहरू)


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार खडेरी र सुख्खाको मारमा रहेको मधेश प्रदेशका खेती क्षेत्र अवलोकनका लागि पुगेका छन् । उनी महोत्तरी र बारा जिल्ला पुगेर खडेरीले सताएका क्षेत्र अवलकोनका साथै विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौं र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ । आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ’, उनले शुक्रबार बिहान भनेका थिए ।

उनी नेपाली सेनाको हेलिकप्टरबाट मधेश पुगेका हुन् । उनको साथमा भौतिकमन्त्री देवेन्द्र दाहाल, श्रममन्त्री शरतसिंह भण्डारी लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसमेत छन् ।

लामो समयदेखि पानी नपर्दा सुक्खा र खडेरीले मधेशका किसान समस्यामा परेका छन् । पानीको कमीले खानेपानी र सिँचाइ प्रणालीमा प्रभाव परेको छ ।

नेपालको अन्नभण्डार तराई-मधेशमा मनसुन भित्रिएको डेढ महिना हुँदा पनि किसानले धान रोप्न पाएका छैनन् । धान रोपिएका खेत पनि पानी नहुँदा धाँजा फाटेका छन् । इनार र ट्युबेलसमेत सुकेका छन् ।

नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिनाको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।

तस्बिरहरू : दिनेश भण्डारी/प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ६ : ३४ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण