वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ बस्ने लमजुङ दुधपोखरी-४ का साजन गुरूङ, ललितपुर महालक्ष्मी-८ बस्ने रूपन्देही तिलोत्तमा -१ का दिपक थापा, काठमाडौं कागेश्वरी मनोहरा-५ बस्ने दाङ घोराही-१५ का टेकबहादुर केसी, ललितपुर-२३ बस्ने स्याङ्जा वालिङ-७ का भरतप्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी-३ बस्ने पर्वत विहादी-४ का प्रेमप्रसाद भुषाल छन् ।

पक्राउ परेका मध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै एक जनाबाट १२ लाख ८० हजार रूपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै तीन जना बाट ६ लाख रूपैयाँ, टेकबहादुरले ग्रीस पठाइदिन्छु भन्दै ६ जनाबाट २१ लाख रूपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै तीन जनाबाट २० लाख रूपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३ जनाबाट ३३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा पक्राउन गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रहरीले साजन र टेक बहादुरलाई काठमाडौं-२६ बाट तथा दिपकलाई काठमाडौं-३० बाट बुधबार, भरत र प्रेमलाई ललितपुर-१५ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ४० बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर