वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ बस्ने लमजुङ दुधपोखरी-४ का साजन गुरूङ, ललितपुर महालक्ष्मी-८ बस्ने रूपन्देही तिलोत्तमा -१ का दिपक थापा, काठमाडौं कागेश्वरी मनोहरा-५ बस्ने दाङ घोराही-१५ का टेकबहादुर केसी, ललितपुर-२३ बस्ने स्याङ्जा वालिङ-७ का भरतप्रसाद पाण्डे र भक्तपुर मध्यपुर थिमी-३ बस्ने पर्वत विहादी-४ का प्रेमप्रसाद भुषाल छन् ।

पक्राउ परेका मध्ये साजनले जर्मनी पठाइदिन्छु भन्दै एक जनाबाट १२ लाख ८० हजार रूपैयाँ, दिपकले जर्जिया पठाइदिन्छु भन्दै तीन जना बाट ६ लाख रूपैयाँ, टेकबहादुरले ग्रीस पठाइदिन्छु भन्दै ६ जनाबाट २१ लाख रूपैयाँ, भरतले कोरिया पठाइदिन्छु भन्दै तीन जनाबाट २० लाख रूपैयाँ र प्रेमले कोरिया पठाइदिन्छु भन्दै ३ जनाबाट ३३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा पक्राउन गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

प्रहरीले साजन र टेक बहादुरलाई काठमाडौं-२६ बाट तथा दिपकलाई काठमाडौं-३० बाट बुधबार, भरत र प्रेमलाई ललितपुर-१५ बाट बिहीबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ४० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा