रुपन्देही ३ मा मधेशवादीले मोर्चा कस्दा अलमलमा कांग्रेस, बूढानीलकण्ठले निकाल्न सकेन निष्कर्ष | Khabarhub Khabarhub

रुपन्देही ३ मा मधेशवादीले मोर्चा कस्दा अलमलमा कांग्रेस, बूढानीलकण्ठले निकाल्न सकेन निष्कर्ष


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारूढ नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने भनिएको उपनिर्वाचनको वस्तुस्थितिबारे छलफल गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा रुपन्देही ३ को उपनिर्वाचनबारे विश्लेषण गरिएको हो ।

प्रमुख सचेतक श्याम घिमिरेले रुपन्देही ३ को २०७९ को निर्वाचनसहित अहिलेको समीकरणलाई लिएर पनि गहन रुपमा छलफल भएको बताएका छन् ।

उक्त बैठकमा संघीय सरकारमा सहभागी मन्त्रीहरू पनि सहभागी थिए । शुक्रबार बिहान बूढानीलकण्ठमा बसेको यो बैठकमा कांग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँ र लुम्बिनी प्रदेश सभापति अमर पुनलेसमेत बोलेका थिए ।

उनले यसअघि चाक्सीबारीमा जुटेका सात भाइले रुपन्देही क्षेत्र नम्बर ३ मा बालकृष्ण खाणलाई अघि सार्न भने पनि यसबारे केही कुरा नभएको बताए ।

बैठकमा उपनिर्वाचनबारे जिल्ला सभापति, प्रदेश सभापति र पूर्वगृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणले बोलेको जानकारी पनि उनले दिए । तर कुनै नामबारे अहिले कुरा नभएको केसीले उल्लेख गरे ।

‘नाम र सम्भावनाबारे कुनै चर्चा चलेको छैन, कसैकोबारेमा कुरा पनि भनएन’, उनले भने, ‘सम्भावना क-कसको हुन्छ अहिले नै भन्न सकिँदैन, त्यस दिशामा छलफल पनि भएन।’

उनले रुपन्देही ३ को उम्मेदवारबारे ठोस निर्णय नभएको जानकारी दिए । ‘अहिलेको वस्तुगत परिस्थितिको समीक्षा गरेर अघि बढ्नुपर्छ भन्ने सहमति नेताहरूबीच जुटेको छ’, उनले भने ।

उनले बालकृष्णकै नाम पनि पक्का हुन सक्ने बताउँदै तर त्यो सम्भावनाको कुरा मात्रै भएको उल्लेख गरे । ‘उहाँ (बालकृष्ण) कै पनि हुन सक्ला, तर यो सम्भावना मात्रै हो’, उनले भने, ‘अहिले उपनिर्वाचन, मन्त्री हेरफेरभन्दा पार्टीलाई कसरी एकताबद्ध बनाएर अगाडि बढाउने भन्ने कुरा भयो ।’

घिमिरेले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार चयन र गठबन्धनको सम्भावनाबारे कुनै छलफल नभएको जानकारी दिएका छन् ।

रुपन्देही ३ मा तराई-मधेशकेन्द्रित सात दलले उपनिर्वाचनका लागि गठबन्धन गरेपछि अहिलेको अवस्थाबारे विश्लेषण गर्न मुश्किल परेको घिमिरेले बताएका छन् ।

गत निर्वाचनमा पनि समानुपातिक मतका हिसाबले कांग्रेस पहिलो पार्टी भएपछि अहिलेको अवस्था विश्लेषण गर्न गाह्रो रहेको उनले बताए । रुपन्देही ३ मा नेकपा एमालेको सहयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा विजयी भए पनि समानुपातिक मतमा कांग्रेस पहिलो भएको थियो ।

तराई–मधेशकेन्द्रित संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही–३ को उपनिर्वाचनमा साझा उम्मेदवार खडा गर्ने निर्णय गत असार तेस्रो साता नै गरिसकेको छ । मोर्चाको निर्णयअनुसार रुपन्देही–३ मा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उम्मेदवारी दिने भएको छ । यो अवस्थामा अहिले नै रुपन्देही ३ को अवस्थाको विश्लेषण गर्न कांग्रेसलाई मुश्किल परेको हो ।

प्रतिनिधिसभा निर्वाचन–०७९ मा रूपन्देही–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट दीपक बोहरा विजयी भएका थिए । सांसद बोहराको ०८१ चैत १९ मा काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । त्यसयता रूपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ ।

राप्रपाका नेता बोहरा ३६ हजार ७१७ मतसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका थिए ।

तत्कालीन समयमा यो क्षेत्रमा नेकपा एमालेले राप्रपालाई सघाएका थियो । यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेसलाई सघाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जितबहादुर गुप्ता तेली ५ हजार ७६९ मतसहित तेस्रो भएका थिए ।

गत निर्वाचनको मत परिणामअनुसार रूपन्देही–३ मा साझा उम्मेदवारी दिने तयारीमा रहेको संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको मत ८ हजारभन्दा बढी देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन–०७९ मा मोर्चाआवद्ध मध्येका दुई दल नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले रूपन्देही–३ बाट उम्मेदवारी दिएका थिए । उन्मुक्तिका उम्मेदवार तुल्सीप्रसाद थारुले ४ हजार ७५१ र जनमतका उम्मेदवार प्रमोदकुमार राउतले ३ हजार ३१७ मत पाएका थिए ।

तराई–मधेशकेन्द्रित विभिन्न सात दलहरूले गत असार १२ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि भन्दै मोर्चाको घोषणा गरेका थिए ।

मोर्चामा तराई–मधेश केन्द्रित दलहरू डा. सीके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) आवद्ध छन् ।

यस्तै, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पनि मोर्चाका सदस्य दलहरू हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १ : ५८ बजे

उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

उदयपुर– एक वर्षमा झण्डै साढे आठ हजार जनाले राहदानी लिएका

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

सप्तरी– सप्तरीको रुपनी गाउँपालिका– २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने

थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै

कञ्चनपुर– कञ्चनपुरका थारू समुदायका मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

झापा– झापाको दमक–४ चियाबगानमा भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौं– विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश