लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लागूऔषध ब्राउन सुगरसहित देशका विभिन्न स्थानबाट प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ । महोत्तरी, सिराहा, धनुषा, मोरङ, कैलाली, दाङ, सुर्खेत, बाँके र लम्जुङबाट उनीहरुलाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बर्दिबास-३ काँटाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा धनगढीमाई नगरपालिका-७ का प्रवेश यादव र धनुषा धनुषाधाम -८ का प्रवेण अधिकारी छन् । बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.७७ प ५५०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

मोरङको उर्लाबारी-५ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्राम सहित रतुवामाई-६ का मनोज कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरीले को.३५ प ५०२३ नम्बरको मोटरसाइकमा सवार कार्कीलाई उक्त पदार्थसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

यस्तै विराटनगर-११ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित विकासकुमार साह पक्राउ परेका छन् । प्रहरीले रानीबाट विराटनगरतर्फ आउँदै गरेको प्र.१-०२-००४ ह ३१५७ नम्बरको सिटी सफारी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कैलालीको धनगढी-६ जालीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्रामसहित मागुराम चौधरी पक्राउ परेका छन् ।

दाङको घोराही-१४ नयाँ बसपार्कबाट ब्राउनसुगर ९ सय ७० मिलिग्राम र नगद ६ हजार ५ सय ५० रूपैयाँ सहित तुलसीपुर-१० पड्ढाका विराट बस्नेतलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बाँकेस्थित बैजनाथ-७ पेडारीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय २० मिलिग्रामसहित निरन्जन चौधरी पक्राउ परेका छन् ।

सुर्खेतस्थित विरेन्द्रनगर-९ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय मिलिग्रामसहित आर्यन साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरीले आर्यनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो ।

यसैगरी विरेन्द्रनगर-४ एरीचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २ सय ४३ ट्याब्लेटसहित दुई जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल कार्की र ध्वनिल मल्ल छन् । कैलालीस्थित गोदावरी-१ भरतपुरबाट चरेश जस्तो देखिने पदार्थ करिब ४ सय ६९ ग्रामसहित तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा बैतडी सुर्नया-३ का चन्द्रसिंह ऐरी, मोहन भट्ट र महेश विक छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली गोदावरी-२ बाट चरेश जस्तो देखिने पदार्थ १ किलोग्रामसहित बझाङ छबिसपाथिभेरा-७ का गगन बोहरालाई पक्राउ परेका छन् ।

लमजुङको सुन्दरबजार-६ फेदिकुनाबाट लागूऔषध ट्रामाडोल ६७ ट्याब्लेटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय मनिष नेपाली, रिजन तामाङ, कुशल रेग्मी र सन्तोष कुमाल छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  २ : ४१ बजे

स्वास्थ्यबीमा केवल उपचार मात्र होइन, सामाजिक विषय पनि हो : जनस्वास्थ्यविद् डा. वन्त

काठमाडौं– नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा

रोल्पामा एमाले र रास्वपाबीच चुनावी तालमेल प्रयास असफल

रोल्पा– रोल्पामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच

प्रतिस्पर्धाबीच दलहरु संयम, झडप र गालीगलौज पनि चर्को सुनिएन !

काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा

मोरङ–६ मा शेखर कोइरालालाई विभिन्न दलले सघाउने

मोरङ– मोरङ क्षेत्र नं. ६ मा कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालालाई