विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता पनि « Khabarhub

विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता पनि


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रवक्ता बनेर नहिँड्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशनविपरीत नेकपा (एमाले) का नेतासमेत पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता विनोद ढकालसमेत सहभागी भएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमाले केन्द्रीय कमिटीको निर्णयविरुद्ध आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । उक्त कार्यक्रममा पार्टी अध्यक्ष ओलीको निर्देशनलाई चुनौती दिँदै एमाले मोरङका चर्चित नेता ढकाल सहभागी बन्न पुगेका छन् ।

एमालेमा केपी ओली इतर गुट खडा गर्न नेता ढकालले भूमिका खेलिरहेका छन्‌ । कोशी प्रदेश कमिटीको अध्यक्षमा हराइएका उनले एमाले मोरङको दसौँ अधिवेशनमा ओली गुटलाई हराउँदै आफ्नो प्यानल नै जिताएका थिए ।

त्यसपछि उनी पू्र्वराष्ट्रपति भण्डारीको समूहमा खुलेका थिए । पूर्वराष्ट्रपति भण्डारी कोशीमा जाँदा पनि उनैले स्वागत र सत्कार गर्ने गरेका छन्‌ ।

पत्रकार सम्मेलनमा उनी बाहेक एमालेका अन्य शीर्ष नेता भने देखिएका छैनन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : २१ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा