विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता पनि « Khabarhub

विद्या भण्डारीको पत्रकार सम्मेलनमा एमाले नेता पनि


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा प्रवक्ता बनेर नहिँड्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशनविपरीत नेकपा (एमाले) का नेतासमेत पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार भण्डारीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले नेता विनोद ढकालसमेत सहभागी भएका हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमाले केन्द्रीय कमिटीको निर्णयविरुद्ध आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । उक्त कार्यक्रममा पार्टी अध्यक्ष ओलीको निर्देशनलाई चुनौती दिँदै एमाले मोरङका चर्चित नेता ढकाल सहभागी बन्न पुगेका छन् ।

एमालेमा केपी ओली इतर गुट खडा गर्न नेता ढकालले भूमिका खेलिरहेका छन्‌ । कोशी प्रदेश कमिटीको अध्यक्षमा हराइएका उनले एमाले मोरङको दसौँ अधिवेशनमा ओली गुटलाई हराउँदै आफ्नो प्यानल नै जिताएका थिए ।

त्यसपछि उनी पू्र्वराष्ट्रपति भण्डारीको समूहमा खुलेका थिए । पूर्वराष्ट्रपति भण्डारी कोशीमा जाँदा पनि उनैले स्वागत र सत्कार गर्ने गरेका छन्‌ ।

पत्रकार सम्मेलनमा उनी बाहेक एमालेका अन्य शीर्ष नेता भने देखिएका छैनन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : २१ बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी