पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्  « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन् 


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तीव्र प्रतिक्रिया दिएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कुनै ‘मुट्ठीभर मानिस’ले रोकेर थाम्न नसक्ने स्पष्ट पारिन् ।

भण्डारीले भनिन्, ‘मैले सचेततापूर्वक राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि राजनीतिमा फर्किन पार्टी सदस्यता नवीकरण गरेकी हुँ । तर केही मुठ्ठीभरले हुलहुज्जत गरेर रोक्न खोजिरहेका छन् ।’

पूर्वराष्ट्रपतिका अनुसार उनी ३५ वर्ष एमालेको सक्रिय राजनीतिमा लागेपछि राष्ट्रपतिमा पुगेकी थिइन् । उनले भनिन्, ‘मैले राष्ट्रपतिमा जाँदा एमाले छाडेकी होइन, विधिपूर्वक सदस्यता नवीकरण गरेको हो । म आज पनि एमालेको परिवारमै छु’, उनले भनिन् ।

एमाले प्रवेशमा हाल आफूलाई रोकिएको गुनासो गर्दै उनले भनिन्, ‘पार्टी सदस्यता लिएको ४५ वर्ष भइसक्यो । जननेता मदन भण्डारीले सदस्यता दिलाएका थिए । मेरो सदस्यता कसैले खान सक्दैन ।’

एमालेभित्र भण्डारीको सक्रिय राजनीतिमा पुन: प्रवेशलाई लिएर हाल विवाद चुलिएको छ । पार्टी नेतृत्वको निर्णयले भण्डारीलाई संस्थागत रूपमा रोक्ने प्रयास भइरहेको देखिन्छ भने भण्डारीले सार्वजनिक रूपमा त्यसको कडा प्रतिवाद गरेकी छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ४ : १४ बजे

यस्तो छ बागलुङ–१ को चुनावी गणित

गण्डकी– यसपालिको चुनावमा बागलुङ–१ को चर्चा र चासो तुलनात्मक रूपमा

बिरामीको अवस्था बुझ्न स्वास्थ्यमन्त्रीसहितको विज्ञ टोली जन्तेढुङ्गामा

खोटाङ– टाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै

पाकिस्तानमा पोलियो विरोधी अभियान : चार करोड बालबालिकालाई लगाइयो खोप 

एजेन्सी– पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियो विरोधी अभियान

दललाई जनतामुखी घोषणापत्र बनाउन सुझाव

काठमाडौं– नेपाल प्रथम राष्ट्रिय अभियानले जनताका मुद्दालाई केन्द्रमा राखेर घोषणापत्र

एपस्टेन पीडितप्रति वेल्स दम्पतीको चिन्ता

एजेन्सी– राजकुमार विलियम र राजकुमारी क्याथरिनले सोमबार जारी गरेको एक