गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छ : अस्ट्रेलियन प्रधानमन्त्री « Khabarhub

गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छ : अस्ट्रेलियन प्रधानमन्त्री


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा- अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजाको मानवीय अवस्थालाई खराब र विनाशको रूपमा वर्णन गर्दै इजरायललाई यस क्षेत्रमा सहायताको अवरोध तुरुन्तै रोक्न आह्वान गरेका छन् ।

शुक्रबार एक विज्ञप्तिमा अल्बानिजले गाजाको अवस्था विश्वको ‘सबैभन्दा’ खराब भएको बताएका हुन् । “गाजा मानवीय विपत्तिको चपेटामा रहेको अवस्थामा इजरायलले सहयोग गर्न अस्वीकार गरेपनि पानी र खानाको पहुँच खोज्ने बालबालिका लगायत नागरिकहरूको हत्याको रक्षा गर्न वा बेवास्ता गर्न नसकिने उनले बताए ।

उनले इजरायललाई अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना दायित्वहरूको पालना गर्न आह्वान गदै संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थाहरूलाई आफ्नो जीवन बचाउने काम गर्न अनुमति दिन र प्यालेस्टिनीको जबरजस्ती विस्थापनको प्रस्ताव त्याग्न आग्रह गरेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले सेप्टेम्बरमा संयुक्त राष्ट्र महासभामा फ्रान्सले प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको केही घण्टापछि उक्त विज्ञप्ति जारी गरिएको हो । उनले अष्ट्रेलियाले युद्धविरामलाई सहज बनाउनका लागि सबै अन्तर्राष्ट्रिय प्रयासहरूलाई समर्थन जारी राखेको छ र इजरायली र प्यालेस्टिनी जनता ‘अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमा’ भित्र शान्ति र सुरक्षामा बस्न सक्ने भविष्यका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

निर्दोषको जीवन रक्षा गरी गाजाका जनताको पीडा र भोकमरी अन्त्य गर्न अहिले सबै प्रयासहरू गरिनु पर्ने उनले बताए । अस्ट्रेलियाले सोमबार फ्रान्ससहित २७ अन्य देशहरूसँग मिलेर गाजामा युद्धको तत्काल अन्त्यका लागि आह्वान गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ४२ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती