बहादुरसिंहलाई कांग्रेसकै सांसदहरूबाट अविश्वासको प्रस्ताव « Khabarhub

बहादुरसिंहलाई कांग्रेसकै सांसदहरूबाट अविश्वासको प्रस्ताव


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सपथ खाएको ठीक एक वर्षपछि आफ्नै दलका सांसदहरूबाट अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने भएको छ । 

एक वर्षअघि आजकै दिन मुख्यमन्त्रीको सपथ खाएका लामाविरुद्ध शुक्रबार नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव गर्दा गरेका छन् । 

अविश्वासको प्रस्तावमा कांग्रेसबाट विजयी ३७ मध्ये २१ प्रदेशसभा सदस्यहरूले हस्ताक्षर गरेका छन् । उनीहरूले अविश्वासको प्रस्ताव पार्टीको बागमती प्रदेश संसदीय दलको कार्यालयमा दर्ता गरिसकेका छन् । 

अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि शुक्रबार नै प्रदेश सरकारमा कांग्रेसबाट सहभागी चार जना मन्त्रीले राजीनामा दिएका थिए । १४ वटा मन्त्रालय रहेको बागमती प्रदेश सरकारमा मुख्यमन्त्री लामासहित कांग्रेसबाट आठ जना सहभागी थिए । 

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् । 

बागमती प्रदेश सरकारमा कांग्रेसबाट हरिप्रभा खड्कीले सामाजिक विकास, कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना र श्याम खड्काले खानेपानी तथा उर्जा सिँचाइ मन्त्रालय सम्हाल्दै आएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ५ : ५५ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो