राज्य व्यवस्था समिति सभापति निर्वाचन : कांग्रेसको निर्णय कुर्दै सभामुख « Khabarhub

राज्य व्यवस्था समिति सभापति निर्वाचन : कांग्रेसको निर्णय कुर्दै सभामुख


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिको उम्मेवारको टुंगो नलगाउँदा निर्वाचनको सूचना प्रकाशन गर्न समस्या भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

निजामती कर्मचारी सम्बन्धी विधेयकमा राखिएको कुलिङ पिरियड सम्बन्धी विवादमा तानिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त छ। पर रिक्त भएको १५ दिनभित्र सभापति चयन गर्नुपर्ने बाध्यात्मक प्रावधान छ। खतिवडाले साउन २८ गते राजीनामा दिएकाले सोमबार निर्वाचन गर्नुपर्ने बाध्यता सभामुखसँग छ।

कांग्रेसले उम्मेदवार टुंगो लगाएर पठाएमा निर्वाचन तालिका सार्वजनिक गर्ने बाटो खुल्ने छ। कांग्रेस र एमालेको सहमति रहेकाले यो पदमा अन्य दलको दाबी छैन।

निर्वाचनको सूचना प्रकाशनका लागि सभामुख घिमिरेले आइतबार कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेसँग पटकपटक छलफल गरेका थिए। कांग्रेस सचेतकले पार्टीको निर्णय पर्खिन अनुरोध गरेपछि निर्वाचन सम्बन्धी सूचना प्रकाशनमा ढिलाइ भएको हो।

सभामुखको सचिवालयले भनेको छ, ‘राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनको सूचना प्रकाशन गर्न सभामुखले आइतबार दिनभर गरेको प्रयास सफल हुन सकेन । अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग दुई पटक छलफल गर्नुभएको थियो । तर आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन आग्रह गर्नुभएको थियो । आज बिहान कांग्रेस पदाधिकारी बैठकले टुंगो लगाउने उहाँको भनाइ छ । आज बिहान सूचना जारी गर्नैपर्ने नियमावलीको बाध्यात्मक परिस्थिति सभामुखले बताउनुभएको छ ।’

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ८ : ४३ बजे

स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिए आयोगले अर्को थप्न समय दिने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पञ्चतत्त्वकाे पालाम : अक्षरभित्र ब्रह्माण्डको ऐना 

मनप्रसाद सुब्बा भारतीय–नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

रसुवा– गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत्

१३२ केभी प्रसारण लाइन १५ दिनभित्र सञ्चालनमा ल्याउन निर्देशन 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १३२ केभी