दाताका भरमा ‘अपाङ्ग जीवन विकास आश्रम’ | Khabarhub Khabarhub

दाताका भरमा ‘अपाङ्ग जीवन विकास आश्रम’


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित अपाङ्ग जीवन विकास संस्था (आश्रम) दाताहरूको भरमा सञ्चालन हुँदै आएको छ । जन्मोत्सव, वर्षगाँठलगायतका विभिन्न शुभकार्यमा दाताहरूले गर्ने सहयोगकै भरमा आश्रम सञ्चालन भइरहेको छ ।

आश्रमका सञ्चालक गणेश सापकोटाले कर्मचारीलाई पारिश्रमिक तथा आश्रितहरूलाई खाना र स्वास्थ्योपचारका लागि मासिक दुई लाख भन्दा बढी खर्च हुने गरेको जानकारी दिए । ‘हामीलाई सरकारी निकायबाट कुनै सहयोग छैन’ उनले भने, ‘उत्सव तथा विभिन्न समयमा दाताहरूको दानबाट आश्रम चलाउँदै आएका छौँ, केही नियमित दातासमेत हुन् ।’ दाताहरूबाट नगद तथा खाद्यान्नलगायतका जिन्सी सामान सहयोग हुँदै आएको सापकोटाले बताए ।

हाल आश्रममा देशका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका १९ जना असहाय तथा अपाङ्गहरू आश्रित रहेका छन् । जसमध्ये तीन जना महिला तथा दुई जना बालक छन् । आश्रममा संरक्षित व्यक्तिहरूमा मानसिक समस्या भएका, दृष्टिविहीन, बोल्न नसक्ने, खुट्टा तथा अन्य अपाङ्गता भएका व्यक्ति रहेका सापकोटाको भनाइ छ ।

सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिहरूलाई उद्धार गरी उनीहरूलाई आश्रममा ल्याएर आश्रय दिइँदै आएको सापकोटाले बताए  ।

सामान्य खालका बिरामीका लागि स्वास्थ्यचौकीबाट परीक्षण र औषधि उपचारको व्यवस्था हुने गरेको भए पनि जटिल रोगका बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए ।

आश्रममा अश्रित व्यक्तिलाई आवश्यक पर्ने लुगाफाटा, खाद्यान्नसहितका वस्तु सहयोग गरिदिन उनले आग्रह गरे । आश्रममा गएर पाँच हजार शुल्क सहयोग गर्ने व्यक्तिको नाममा एक छाकको खाना खुवाइने उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : ४१ बजे

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

पोर्चुगल– वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता

केराका थामबाट अतिरिक्त आम्दानी

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका पर्व कृषिमैत्री छन् ।

श्रमदानबाट काठको पुल निर्माण

खोटाङ– बाढीले खोटाङको तापखोलास्थित शनिबारेको ढलान बगाएपछि अवरुद्ध बनेको यातायात

डेढ महिनामा सात हजार पर्यटक भित्रिए

मनाङ– मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ

आँखा शिविरबाट तीन सयजना लाभान्वित

म्याग्दी– धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सयजना