दाताका भरमा ‘अपाङ्ग जीवन विकास आश्रम’ « Khabarhub

दाताका भरमा ‘अपाङ्ग जीवन विकास आश्रम’


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित अपाङ्ग जीवन विकास संस्था (आश्रम) दाताहरूको भरमा सञ्चालन हुँदै आएको छ । जन्मोत्सव, वर्षगाँठलगायतका विभिन्न शुभकार्यमा दाताहरूले गर्ने सहयोगकै भरमा आश्रम सञ्चालन भइरहेको छ ।

आश्रमका सञ्चालक गणेश सापकोटाले कर्मचारीलाई पारिश्रमिक तथा आश्रितहरूलाई खाना र स्वास्थ्योपचारका लागि मासिक दुई लाख भन्दा बढी खर्च हुने गरेको जानकारी दिए । ‘हामीलाई सरकारी निकायबाट कुनै सहयोग छैन’ उनले भने, ‘उत्सव तथा विभिन्न समयमा दाताहरूको दानबाट आश्रम चलाउँदै आएका छौँ, केही नियमित दातासमेत हुन् ।’ दाताहरूबाट नगद तथा खाद्यान्नलगायतका जिन्सी सामान सहयोग हुँदै आएको सापकोटाले बताए ।

हाल आश्रममा देशका विभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका १९ जना असहाय तथा अपाङ्गहरू आश्रित रहेका छन् । जसमध्ये तीन जना महिला तथा दुई जना बालक छन् । आश्रममा संरक्षित व्यक्तिहरूमा मानसिक समस्या भएका, दृष्टिविहीन, बोल्न नसक्ने, खुट्टा तथा अन्य अपाङ्गता भएका व्यक्ति रहेका सापकोटाको भनाइ छ ।

सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिहरूलाई उद्धार गरी उनीहरूलाई आश्रममा ल्याएर आश्रय दिइँदै आएको सापकोटाले बताए  ।

सामान्य खालका बिरामीका लागि स्वास्थ्यचौकीबाट परीक्षण र औषधि उपचारको व्यवस्था हुने गरेको भए पनि जटिल रोगका बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताए ।

आश्रममा अश्रित व्यक्तिलाई आवश्यक पर्ने लुगाफाटा, खाद्यान्नसहितका वस्तु सहयोग गरिदिन उनले आग्रह गरे । आश्रममा गएर पाँच हजार शुल्क सहयोग गर्ने व्यक्तिको नाममा एक छाकको खाना खुवाइने उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ९ : ४१ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री