उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही « Khabarhub

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू उत्साहित भएका छन् । 

गाईभैँसी र बाख्रापालकलाई दिँदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि सागसब्जी खेती गर्ने किसानलाई पनि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । 

मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख सुरत केसीले बताए । 

“किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ’, उनले भने, “बजेट बढाएर साना किसानलाई पनि समेट्ने गरी कार्यविधि बनाएका छौँ ।’

चालु आव २०८२/८३ मा उत्पादनमा आधारित अनुदानका लागि दूधमा रु १५ लाख, साज सब्जीमा रु १० लाख र मासुमा रु सात लाख ५० हजार बजेट विनियोजन गरेको नगरपालिकाले आवेदन सङ्कलन गरेर लाभग्राही छनोटको प्रक्रियाअघि बढाएको छ । 

आव २०८१/८२ मा १८ जना गाईभैँसीपालक कृषकले रु १० हजारदेखि ४५ हजारसम्म गरी कूल रु पाँच लाख ५० हजार र २८ जना बाख्रापालकले रु सात लाख ५० हजार अनुदान पाएका नगरपालिकाका पशु चिकित्सक आशिष सापकोटाले बताए ।

आव २०८०/८१ मा ३२ जना बाख्रापालक कृषकले रु छ लाख ४४ हजार ९८० र १८ जना दुग्ध उत्पादक कृषकले रु पाँच लाख अनुदान पाएका थिए । 

बेनी नगरपालिका–७ कुरिलाखर्कका भैँसीपालक कृषक सुरेश ढुङ्गानाले उत्पादनमा आधारित अनुदानले किसानलाई प्रोत्साहन मिलेको, उत्साहित बनाएको र व्यवहारिक भएको बताए । 

बेनी नगरपालिकाले उत्पादनका आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएको छ । कार्यविधिअनुसार कम्तीमा आठ वटा माउबाख्रा र तीन वटा दूध दिने गाईभैँसी पालेका किसानले अनुदान पाउँछन् । किसानले पालेका पशुको सङ्ख्याको आधारमा वर्गीकरण गरेर अनुदान पाउने व्यवस्था मिलाइएको छ । 

पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताइन् । कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर –८ कालीपुलमा कृषि बजार सञ्चालन गर्न भवन निर्माणाधीन छ । रासस

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ०७ बजे

रसुवागढी भन्सार : धमाधम सरसामान तथा सवारीसाधन आयात

रसुवा– रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन

तरबुजाखेतीमा किसानलाई आकर्षित गर्दै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि

बैतडीमा पाँच मतदान केन्द्र थपिए

बैतडी– बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट

भेनेजुएला: डेल्सीलाई कार्यकारी राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं – भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी पाएकी