राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको भेट « Khabarhub

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति सुआनको भेट


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार शिष्टाचार भेट गरेकी छन् । 

राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बिच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ बनाउने धेरै सम्भावना रहेको बताएका थिए । 

‘यसका लागि द्विपक्षीय सहकार्यलाई तीव्रता दिन नेपाल सरकार इच्छुक छ’, भेटवार्तामा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।  

नेपाल अहिले कृषि, पर्यटन, उत्पादन तथा जलविद्युत जस्ता क्षेत्रहरूमा लगानीमार्फत आर्थिक सामाजिक रूपान्तरणमा केन्द्रित रहेको राष्ट्रपति पौडेलले बताएका थिए । उनले भियतनामले आफ्नो अर्थतन्त्रलाई विश्वकै गतिशील अर्थतन्त्रको रूपमा विकास गर्न सक्षम भएकोमा खुसी व्यक्त गरेका थिए । 

उनले विशेषतः बौद्ध धर्म हाम्रा दुवै देशका जनताबीचको गहिरो सम्बन्धका लागि सेतुको रूपमा रहेको बताउँदै लुम्बिनीलाई धेरै भियतनामीले आफ्नो जीवनमा एकपल्ट अवश्य दर्शन गर्नुपर्ने पवित्र स्थलका रूपमा हेर्नु खुसीको विषय भएको पनि बताएका थिए । 

सो अवसरमा भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले नेपालले सन २०३० सम्ममा मध्यमस्तरको आय भएको देश हुने प्रयत्न गरेको तथा भियतनामले सन २०४५ सम्ममा उच्च आय भएको मुलुक बन्ने प्रयत्न गरेको सन्दर्भमा सन् २०३० भन्दा अघि नै दुई देश बीच वृहत् सम्बन्धको फ्रेम वर्क बनाउन जरुरी भएको उल्लेख गरेको उनको भनाई उद्धृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिइन्। 

भियतनामका उपराष्ट्रपति सुआनले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा दुवै देश बिच सहकार्य गर्न आवश्यक रहेको बताइन् ।

उनले अन्तर्राष्टिय क्षेत्रमा नेपालले शान्ति कायम गर्न देखाएको अग्रसरता र जलवायु परिवर्तनको असरका सम्बन्धमा गरेको प्रतिबद्धताबाट आफू प्रभावित भएको बताइन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ११ बजे

सुत्केरी व्यथाले च्यापेकी उत्तरी गोरखाकी एक महिलालाई हेलिकप्टरबाट उद्धार

गोरखा । गोरखाकी एक गर्भवती महिलालाई निर्धारित मितिभन्दा १३ दिनअघि

जेनजीबाट धम्की आएको दाबीबारे मिराज ढुङ्गानाले मागे गृहमन्त्रीसँग जवाफ

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी युवाबाट सुरक्षा धम्की आएको

अमेरिका-चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

सान फ्रान्सिस्को (रासस\एएफपी)। संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा

निर्वाचन आयोगमाथि विपक्षीको दबाब

नयाँदिल्ली (रासस\एएफपी)। भारतमा मतदाता सूचीको विशेष गहन संशोधन (एसआइआर) प्रक्रियामा

बाढीपीडित ३२ परिवारलाई राहत

स्याङ्जा । चार दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट विस्थापित स्यंगल्याङ