चीनको समेत विरोध गर्दै एमाले दार्चुलाले भन्यो – लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम  « Khabarhub

चीनको समेत विरोध गर्दै एमाले दार्चुलाले भन्यो – लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम 


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले दार्चुलाले भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा पुनः प्रयोग गर्न भएको सम्झौताबारे तत्काल ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । 

एमाले दार्चुलाले सोमबार विज्ञप्ति जारी गरेर घटनाप्रति तत्काल ठोस कूटनीतिक पहल गरेर नेपालको अधिकार र स्वाभिमान जोगाउनका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो ।

दार्चुलाको खलंगामा शनिबार र आइतबार दुई दिनसम्म चलेको जिल्ला कमिटी बैठकबाट एमालेले भारत र चीनबीच भएको पछिल्लो सहमतिप्रति आपत्ति जनाउँदै विरोध गरेको छ । 

‘नेपालको संविधान, ऐतिहासिक नक्सा र दस्तावेजहरूले स्पष्ट रूपमा प्रमाणित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य अङ्ग हुन्,’ जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेकका विषयमा कुनै तेस्रो पक्षले आफ्नो हितका लागि सम्झौता गर्नु अस्वीकार्य, असंवैधानिक, साम्राज्यवादी र औपनिवेशिक प्रवृत्तिबाहेक अरु केही होइन ।’   

नेपाली जनताले राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानको सवालमा एकजुट हुनुपर्ने बेला आएको भन्दै एमालेले जिल्ला कमिटीका तर्फबाट नेपाल सरकार, भारत र चीन दुवै पक्षलाई नेपाली भूमिमा कुनै पनि सम्झौता र गतिविधि मान्य नहुने स्पष्ट पारेको छ । 

‘नेकपा (एमाले) दार्चुला सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज र युवाहरूलाई यो मुद्दामा एकताबद्ध भई राष्ट्रिय स्वाभिमानको रक्षार्थ दृढतापूर्वक आवाज उठाउन आह्वान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : २९ बजे

ट्रान्जिटमा परेका सबै नेपालीहरूलाई गन्तव्यतर्फ पठाइसकेका छौँ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियाको द्वन्द्वका कारण ट्रान्जिटमा परेका सबै

२० लाख हुण्डी रकमसहित एकजना पक्राउ

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले २० लाख हुण्डी रकमसहित एक

पश्चिम एसिया युद्धको त्रासबीच ३ लाख भारतीय स्वदेश फर्किए, ६ जनाको मृत्यु

काठमाडौँ- मध्यपूर्व (पश्चिम एसिया) मा जारी युद्धका बीच गत फेब्रुअरी

कांग्रेस बैठकबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा

माधव नेपाल भन्छन् : प्रचण्ड र मलाई पार्टीबाट कसैले बिदा हुनु भन्नु भएको छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले पार्टीबाट कसैले पनि