चीनको समेत विरोध गर्दै एमाले दार्चुलाले भन्यो – लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम  « Khabarhub

चीनको समेत विरोध गर्दै एमाले दार्चुलाले भन्यो – लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम 


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले दार्चुलाले भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा पुनः प्रयोग गर्न भएको सम्झौताबारे तत्काल ठोस कदम चाल्न सरकारसँग माग गरेको छ । 

एमाले दार्चुलाले सोमबार विज्ञप्ति जारी गरेर घटनाप्रति तत्काल ठोस कूटनीतिक पहल गरेर नेपालको अधिकार र स्वाभिमान जोगाउनका लागि ठोस कदम चाल्न सरकारसँग माग गरेको हो ।

दार्चुलाको खलंगामा शनिबार र आइतबार दुई दिनसम्म चलेको जिल्ला कमिटी बैठकबाट एमालेले भारत र चीनबीच भएको पछिल्लो सहमतिप्रति आपत्ति जनाउँदै विरोध गरेको छ । 

‘नेपालको संविधान, ऐतिहासिक नक्सा र दस्तावेजहरूले स्पष्ट रूपमा प्रमाणित गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अविभाज्य अङ्ग हुन्,’ जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्तीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेकका विषयमा कुनै तेस्रो पक्षले आफ्नो हितका लागि सम्झौता गर्नु अस्वीकार्य, असंवैधानिक, साम्राज्यवादी र औपनिवेशिक प्रवृत्तिबाहेक अरु केही होइन ।’   

नेपाली जनताले राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानको सवालमा एकजुट हुनुपर्ने बेला आएको भन्दै एमालेले जिल्ला कमिटीका तर्फबाट नेपाल सरकार, भारत र चीन दुवै पक्षलाई नेपाली भूमिमा कुनै पनि सम्झौता र गतिविधि मान्य नहुने स्पष्ट पारेको छ । 

‘नेकपा (एमाले) दार्चुला सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज र युवाहरूलाई यो मुद्दामा एकताबद्ध भई राष्ट्रिय स्वाभिमानको रक्षार्थ दृढतापूर्वक आवाज उठाउन आह्वान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : २९ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा