काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनका लागि भदौ ११ गते निर्वाचन हुने भएको छ ।
सभामुख देवराज घिमिरेले सोमबार राज्य व्यवस्था समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनका लागि भदौ ११ गतेको मिति तोकेका हुन् ।
गत साउन २७ गते नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि राज्य व्यवस्था समिति सभापतिविहीन छ ।
संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा चलखेल गरेको नैतिक प्रश्न उठेपछि खतिवडाले राजीनामा दिएका थिए ।

प्रतिक्रिया