बेलायतमा कुलमानले भने- उज्यालो नेपाल अभियानमा साथ दिनुस् « Khabarhub

बेलायतमा कुलमानले भने- उज्यालो नेपाल अभियानमा साथ दिनुस्


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीलाई आह्वान गरेका छन् ।  

लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औँ नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको बताए । उनले उक्त अभियानमा साथ र सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।

खाडी मुलुकहरू साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरूको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले २०७२ सालको संविधानमा एनआरएन नागरिकताको प्रावधान रहे पनि दश वर्षसम्म कानुन बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए । ‘अब थप ढिला नगरीकन यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने ।

घिसिङले सगरमाथा, भगवान् गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसारभरि चिनाएको बताउँदै गोर्खा सैनिकहरूको माग जति सक्दो चाँडो पुरा गर्न आग्रह पनि गरे ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरूप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए ।

भर्खरै गरिएको एक अध्ययनले नेपालीहरुले पठाएको एक डलरले नेपालको अर्थतन्त्रमा दुई डलर भन्दा पनि बढी योगदान गरिरहेको देखाएको जनाउँदै घिसिङले संसारभरि रहेका प्रवासी नेपालीहरू नेपालको ठूलो एसेट (सम्पत्ति) भएको बताए  हो ।

एनआरएनलाई नेपाली सरह नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे । उनले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन पनि आग्रह गरे ।

 बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाल बाहिर यति ठूलो संख्यामा नेपालीहरू भेला भएर उत्सव मनाएको देख्दा आफू अत्यन्तै खुसी भएको बताए । 

उनले भूतपूर्व गोर्खाको योगदानले गर्दा  नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सुदृढ भएको बताए । उनले नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न तमु धिं युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे ।  

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव डा विशाल गुरुङले गरेका थिए ।

उक्त मेलामा ४२ ओटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए । मेलाको उद्घाटन  तमु धिं युकेका पदाधिकारी तथा पाहुनाहरूले मैन बत्ती बालेर संयुक्त रूपमा गरेका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : ३६ बजे

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म

‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना : १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण

सरकारी प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर, मुख्य आरोपी गौली पक्राउ, हालसम्म १३ जना हिरासतमा

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक खरिद अनुगमन