वीरगञ्जको नारायणी अस्पतालमा हैजा नियन्त्रणसम्बन्धी बैठक बस्दै « Khabarhub

वीरगञ्जको नारायणी अस्पतालमा हैजा नियन्त्रणसम्बन्धी बैठक बस्दै


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल हैजाको सङ्क्रमण फैलिएको वीरगञ्जको नारायणी अस्पतालमा बहुपक्षीय बैठक गर्ने भएका छन् । सचिवालयका अनुसार उनी सोमबार दिउँसो साढे १ बजे अस्पतालमा बहुपक्षीय बैठक गर्न लागेका हुन् । 

वीरगञ्ज महानगरपालिकामा जनस्वास्थ्य स्थितिको अनुगमनसँगै द्रुत स्वास्थ्य प्रतिकार्यका लागि थप जनशक्ति परिचालनसम्बन्धी कार्यका लागि मन्त्री पौडेलले बैठक डाकेको सचिवालयले जनाएको छ । 

वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिएको छ । तर, अहिलेसम्म हैजाको स्रोत भने पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  १२ : ४१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म