कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू) « Khabarhub

कालोपट्टी बाँधेर सडकमा उत्रिए निजी स्कुलका शिक्षक (तस्बिरहरू)


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षक विधेयकलाई लिएर निजी विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन् ।

नेपाल शिक्षक महासंघले अर्को आन्दोलनका कार्यक्रम सोमबारदेखि नै सुरू गर्न लागेका बेला निजी विद्यालयका शिक्षकहरू पनि सडकमा उत्रिएका हुन् ।

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका शिक्षकले सोमबार माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले माइतीघर मण्डलमा कालो ब्यानरसहित प्रदर्शन गरेका हुन् । यसअघि गत बिहीबार निजी विद्यालयका सञ्चालक र प्रिन्सिपलहरू ब्यानर सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए ।

निजी विद्यालय सञ्चालक र शिक्षकको माग

(१) ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने ।

(२) विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना-खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने ।

(३) कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने।

(४) छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने ।

(५) छात्रवृत्तिसम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५% आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐनअन्तर्गतको विभेदकारी प्रावधान – जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सिटीइभिटी कार्यक्रमअन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : २१ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना