नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह « Khabarhub

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएको छ । भारत र चीनले नेपाली भूमि लिपुलेकबारे नेपाललाई जानकारी नै नदिएर सम्झौता गरेपछि एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको हो । 

‘पार्टी पुनर्गठन दिवस २०८२’को शुभकामना दिँदै अध्यक्ष माधवकुमार नेपालले नेपालको सार्वभौमिकता र भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरू भारत र चीनलाई समेत आव्हान गरेका छन् । 

‘यस्तो बेला मुलुकको सार्वभौमिकता र भूगोलको रक्षाको निम्ति आवश्यक सबैखाले पहलकदमी लिन सरकारलगायत सम्बन्धित सबै पक्षलाई व्यापक दबाब दिनुपर्ने छ,’ उनले शुभकामना सन्देशमार्फत् भनेका छन्, ‘पार्टी पुनर्गठन दिवसको यस अवसरमा हामी मुलुकको सार्वभौमिकताको रक्षा गर्न पारस्परिक संवादलगायत कुनै पनि कसर बाँकी नराख्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै नेपालको सार्वभौमिकता र भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आव्हान गर्दछौँ ।’

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : ०० बजे

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको