नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह « Khabarhub

नेपालको सार्वभौमिकताको रक्षा गर्न भारत र चीनलाई समेत एकीकृत समाजवादीको आग्रह


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले मुलुकको सार्वभौमिकताको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएको छ । भारत र चीनले नेपाली भूमि लिपुलेकबारे नेपाललाई जानकारी नै नदिएर सम्झौता गरेपछि एकीकृत समाजवादीले सरकारको ध्यानाकर्षण गराएको हो । 

‘पार्टी पुनर्गठन दिवस २०८२’को शुभकामना दिँदै अध्यक्ष माधवकुमार नेपालले नेपालको सार्वभौमिकता र भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरू भारत र चीनलाई समेत आव्हान गरेका छन् । 

‘यस्तो बेला मुलुकको सार्वभौमिकता र भूगोलको रक्षाको निम्ति आवश्यक सबैखाले पहलकदमी लिन सरकारलगायत सम्बन्धित सबै पक्षलाई व्यापक दबाब दिनुपर्ने छ,’ उनले शुभकामना सन्देशमार्फत् भनेका छन्, ‘पार्टी पुनर्गठन दिवसको यस अवसरमा हामी मुलुकको सार्वभौमिकताको रक्षा गर्न पारस्परिक संवादलगायत कुनै पनि कसर बाँकी नराख्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै नेपालको सार्वभौमिकता र भूगोलको सम्मान गर्न छिमेकी राष्ट्रहरूलाई समेत आव्हान गर्दछौँ ।’

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  १ : ०० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म