एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल « Khabarhub

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र अधिकारको केन्द्रीकरणजस्ता विकृतिविरुद्ध विद्रोहमार्फत् पार्टी गठन भएको बताएका छन् । 

सोमबार ‘पार्टी पुनर्गठन दिवस २०८२’को शुभकामना दिँदै उनले एकीकृत पार्टी गठनलाई समाजवादी दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिताविरुद्धको विद्रोह भनेका छन् ।  

एकीकृत समाजवादीले स्थापनाकालमै कम्युनिस्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गर्दै आन्दोलनलाई शुद्धिकरण, एकीकरण र सशक्तीकरण गर्ने ऐतिहासिक जिम्मेवारी लिएको अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ ।  

एकीकृत समाजवादीले सदैव जनताको पक्षमा अडिग रहँदै समाजवादउन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने संकल्प बोकेको नेपालको भनाइ छ । 

‘यद्यपि अहिले पनि नेपालको कम्युनिस्ट आन्दोलनमा अनेकौँ विकृति र विसंगति विद्यमान छन्, जसका विरुद्ध केबल नेता–कार्यकर्तालाई मात्र होइन, व्यापक जनतालाई समेत सचेत एवम् गोलबन्द गर्दै आन्दोलनलाई अझ प्रगतिशील, जनमुखी र एकीकृत बनाउने दृढ अठोटका साथ समाज रूपान्तरणको बाटोमा अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १ : ०७ बजे

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको