वामदेवको दिक्दारी : युवराज सफलले समेत मलाई पार्टीबाट निकालिदिए « Khabarhub

वामदेवको दिक्दारी : युवराज सफलले समेत मलाई पार्टीबाट निकालिदिए

ठूला पार्टी मिलाउन खोज्दा नपत्याएको गुनासो


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वामदेव गौतमले कुनै समय आफूलाई युवराज सफललेसमेत पार्टीबाट निकालिदएको गुनासो गरेका छन् ।

‘पार्टी पुनर्गठन दिवस २०८२’को अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा गौतमले नेकपा एमाले छाडेपछि बनाएको नेकपा एकता राष्ट्रिय अभियानबाट सफलले आफूलाई निकालेको गुनासो गरेका हुन् ।

‘एमाले छाडिसकेपछि मैले फुटेका दुईवटा पार्टी (एमाले र माओवादी केन्द्र) मिलाउन भनेर लागेँ, तर सकिनँ । सानो टुक्रो लिएर ठूला ठूला पार्टीलाई मिल भन्दा मेरो शक्ति नहुँदो रहेछ’, उनले भने, ‘हाम्रो पार्टी नेकपा एकता राष्ट्रिय अभियान थियो । हामीसँग त्यसबेला नाम लेखाउन आउने २ हजार साथी थिए । उहिलेको वामदेव शक्तिशाली थियो, अहिलेको वामदेवमा केही छैन भनेर मलाई दुवै पार्टीले पत्याएनन् ।

उनले नेकपा एकता राष्ट्रिय अभियान निर्माण गरेपछि आफूलाई दुई पटक उक्त पार्टीबाट निकालिको बताए । ‘हामीसँग अभियान सुरू गर्दा २ हजार साथी थिए। त्यो संख्याबाट घटेर हामी पछि त ७५ जनामा सीमित भयौँ । त्यसक्रममा मलाई निष्कासन गर्ने गरी दुईवटा घटना भए’, उनले भने, ‘मलाई एक पटक युवराज सफलले निष्कासन गरे । अर्को पटक अर्काले पनि निष्कासन गरे । मलाई निष्कासन गर्दा शक्ति मिल्छ भन्ने ठानेछन् । कुरा मिलेन, हामीले अर्को पार्टी खोल्यौँ भने हुन्थ्यो नि साथीहरूले निष्कासन गर्‍यौँ भनेछन् । म उक्त अभियानबाट दुई पटक निष्कासित भएको मान्छे हो ।’

उनले ठूला शक्ति मिलाउन सकिन्छ कि भनेर पार्टी निर्माणमा लागे पनि पार नलागेको बताएइ । ‘ठूला पार्टी मिलाउने मेरो प्रयास सफल नभएपछि, पार नलागेपछि म पार्टी खोज्न लागेँ । बनेको पार्टीमा जानै सजिलो हुने मेरो निष्कर्ष थियो। पहिले एकीकृत समाजवादी पार्टी खोजेँ’, उनले भने,‘हाम्रो नेकपा एकता राष्ट्रिय अभियान थियो । कुरा त अनेकतिर गरेँ, अन्तत: सुरूमै कुरा गरेको एकीकृत समाजवादीमा जोडिएको छु ।’

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  २ : १३ बजे

पाँच वर्षे कारबाही सुनेपछि विश्वप्रकाशले सोधे : यी ८ बुँदामा कुनचाहिँ कांग्रेस र देशको अहितमा थिए ?

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट

नबिल बैंकका अध्यक्ष चौधरीले ग्रहण गरे शपथ

काठमाडौं– नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले

कारबाहीपछि बन्दसत्र पुगेका गगनले भने- विशेष महाधिवेशन अब मेरो प्रक्रियामा अघि बढ्छ

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर पक्षको केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेपनि

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली