उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही « Khabarhub

उत्पादनमा आधारित अनुदानले बेनीका किसान उत्साही


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि किसानहरू उत्साहित भएका छन् । 

गाईभैँसी र बाख्रापालकलाई दिँदै आएको ‘उत्पादनका आधारमा प्रोत्साहन’ कार्यक्रम प्रभावकारी बनेपछि यो वर्षदेखि सागसब्जी खेती गर्ने किसानलाई पनि उपलब्ध गराउन बजेट विनियोजन गरेको छ । 

मासु, दूध र तरकारीमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख सुरत केसीले बताए। 

‘किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन उत्पादन गरेपछि नगद प्रोत्साहन पाउने नीति सफल भएको छ’, उनले भने, ‘बजेट बढाएर साना किसानलाई पनि समेट्ने गरी कार्यविधि बनाएका छौँ ।’

चालु आव २०८२-८३ मा उत्पादनमा आधारित अनुदानका लागि दूधमा रु १५ लाख, साजसब्जीमा रु १० लाख र मासुमा सात लाख ५० हजार बजेट विनियोजन गरेको नगरपालिकाले आवेदन संकलन गरेर लाभग्राही छनोटको प्रकृया अघि बढाएको छ । 

आव २०८१-८२ मा १८ जना गाईभैँसीपालक कृषकले रु १० हजारदेखि ४५ हजारसम्म गरी कूल रु पाँच लाख ५० हजार र २८ जना बाख्रापालकले रु सात लाख ५० हजार अनुदान पाएका नगरपालिकाका पशु चिकित्सक आशिष सापकोटाले बताए।

आव २०८०-८१ मा ३२ जना बाख्रापालक कृषकले रु छ लाख ४४ हजार ९८० र १८ जना दुग्ध उत्पादक कृषकले रु पाँच लाख अनुदान पाएका थिए । बेनी नगरपालिका–७ कुरिलाखर्कका भैँसीपालक कृषक सुरेश ढुङ्गानाले उत्पादनमा आधारित अनुदानले किसानलाई प्रोत्साहन मिलेको, उत्साहित बनाएको र व्यवहारिक भएको बताए । 

बेनी नगरपालिकाले उत्पादनका आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएको छ । कार्यविधिअनुसार कम्तीमा आठ वटा माउबाख्रा र तीन वटा दूध दिने गाईभैँसी पालेका किसानले अनुदान पाउँछन् । किसानले पालेका पशुको सङ्ख्याको आधारमा वर्गीकरण गरेर अनुदान पाउने व्यवस्था मिलाइएको छ । 

पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए। कृषि क्षेत्रलाई जोड दिएको बेनी नगरपालिका–४ सिंगामा चिस्यान गृह सञ्चालन गरेको छ । वडा नम्बर –८ कालीपुलमा कृषि बजार सञ्चालन गर्न भवन निर्माणाधीन छ । 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  २ : २३ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

आज २०८३ साल जेठ ६ गते बुधबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट