झलनाथसामु माधवको चेतावनी : पार्टी सिध्याउन खोज्नेलाई छुट दिन सकिँदैन « Khabarhub

झलनाथसामु माधवको चेतावनी : पार्टी सिध्याउन खोज्नेलाई छुट दिन सकिँदैन


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताएका छन् ।

पार्टी गठनको चार वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले पार्टीभित्रै बसेर पार्टीलाई सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताएका हुन् ।

पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा नभएको उल्लेख गर्दै अध्यक्ष नेपालले पार्टीको पक्षमा दृढताका साथ बोल्न निर्देशनसमेत दिए । यसो भनिरहँदा मञ्चमा उनीसँग दुई लाइन संघर्ष गरिरहेका सम्मानित नेता झलनाथ खनाल पनि मञ्चमा थिए।

खनालले पछिल्लो समय अध्यक्ष नेपाल भ्रष्टाचार मुद्दामा मुछिएपछि नेपालविरुद्ध संघर्ष चर्काइरहेका छन् । उनले भ्रष्टाचार जस्तो गम्भीर मुद्दा लागिसकेपछि अध्यक्षले जिम्मेवारीबाट बाहिर रहनुपर्ने मत राखिरहेका छन् ।

यी दुई नेताको संघर्ष भ्रातृ संगठनमा पनि पुगेको छ । अनेरास्ववियूको कलहले समानान्तर कमिटी नै बनेको छ । यस्तोमा नेपालले पार्टीभित्रको असन्तुष्टिलाई कमिटी बैठकभित्रै राख्नुपर्नेमा जोड दिए ।

पार्टीभित्र अनुशासनहीनतालाई छुट दिन नसकिने उनको भनाइ छ । अध्यक्ष नेपालले कसैको लेखाइमा पार्टीमाथि आँच पुर्‍याउने र पार्टी नेतृत्वलाई गाली गर्नेलाई सहेर बस्न नसकिने जिकिर गरे ।

त्यस्तै उनले लिपुलेक क्षेत्रका व्यापारिक सम्बन्ध विस्तार गर्ने भारत–चीनको सहमति स्वीकार्य नरहेको भन्दै सरकारले कुटनीतिक रुपमा आफ्नो स्पष्ट धारणा राख्न सक्नुपर्ने बताए ।

नेपाल बोल्नुअघि सम्मानित नेता खनालले १० औँ महाधिवेशनले अघि सारेको नेपाली समाजवादको कार्यक्रमलाई पार्टीले अझैसम्म प्रकाशन नगरेको भन्दै असन्तुष्टि जनाए । उनले अझै पनि विद्रोहको पुष्टि हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

देशको समाजवादी कार्यक्रमको रुपलाई अघि बढाउन नेपाली समाजवादको कार्यक्रमलाई प्रकाशन गर्नुपर्ने उनले बताएका छन् । खनालले मुख्य वर्गभित्र नपुगेसम्म साँच्चिकै कम्युनिष्ट पार्टी निर्माण गर्न नसकिने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ३ : २५ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा