टाइफुन काजिकीअघि भियतनाममा उच्च सतर्कता « Khabarhub

टाइफुन काजिकीअघि भियतनाममा उच्च सतर्कता


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

हो चि मिन्ह सिटी– टाइफुन काजिकीले भियतनामको मध्य भागमा करिब १ सय ६० किलोमिटर प्रतिघण्टाको गतिमा प्रहार गर्ने अनुमान गरिएसँगै सोमबार तटीय क्षेत्रका दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

यस वर्ष भियतनाममा असर गर्ने पाँचौँ टाइफुन समुद्रमा सक्रिय छ र टोन्किनको खाडीमा ९.५ मिटर (३१ फिट) उचाइका छालहरू उठेका छन् ।

पाँच तटीय प्रान्तका तीन लाख २५ हजार पाँच सयभन्दा बढी बासिन्दालाई विद्यालय र सार्वजनिक भवनहरू अस्थायी आश्रयस्थल बनाई सुरक्षित राखिएको अधिकारीहरूले जनाएका छन् ।

भिन्हको वाटरफ्रन्ट सहर रातभर जलमग्न रह्यो । बिहानसम्म सडकहरू सुनसान बनेका थिए, पसल तथा रेस्टुरेन्टहरू बन्द थिए र बासिन्दा तथा व्यवसायीहरूले आफ्नो सम्पत्तिको प्रवेशद्वारमा बालुवा भरिएका बोराहरू राखेका थिए ।

सोर्‍ह हजारभन्दा बढी सैनिक परिचालन गरिएपछि बिहानैसम्म करिब ३० हजार मानिसलाई क्षेत्रबाट सुरक्षित निकालिएको थियो ।

टाइफुनको बाटोमा परेका दुईवटा घरेलु विमानस्थल बन्द गरिएका छन् र सबै माछा मार्ने जहाजहरूलाई बन्दरगाहमा फर्काइएको छ ।

“मैले हाम्रो सहरमा यति ठूलो टाइफुन आएको कहिल्यै सुनेको थिइनँ”, ६६ वर्षीय ले मान तुङले भिन्ह इनडोर स्पोट्र्स स्टेडियममा भने । त्यहाँ विस्थापित परिवारहरू चामलको साधारण नास्ता खाइरहेका थिए ।

“म अलिकति डराएको छु, तर अन्ततः हामीले यसलाई स्वीकार्नुपर्छ किनकि यो प्रकृतिको शक्ति हो— हामी केही गर्न सक्दैनौँ”, उनले सोमबार बिहान निकासी स्थलमा भने ।

भियतनामको राष्ट्रिय हाइड्रो–मौसम पूर्वानुमान केन्द्रका अनुसार टाइफुनले दिउँसो १ः०० बजे करिब १ सय ५७ किलोमिटर प्रतिघण्टाको हावासहित अवतरण गर्ने अपेक्षा गरिएको छ ।

मानव–कारण जलवायु परिवर्तनले अझ तीव्र र अप्रत्याशित मौसम ढाँचाहरू उत्पन्न गरिरहेको वैज्ञानिकहरूको भनाइ छ । यस्ता अप्रत्याशित मौसमी ढाँचाहरूले विशेष गरी उष्णकटिबन्धीय क्षेत्रमा विनाशकारी बाढी र आँधीबेहरीको सम्भावना बढाएको छ ।

“सामान्यतया आँधीबेहरी र बाढी आउँछन्, तर यति ठूलो कहिल्यै हुँदैन”, ५२ वर्षीया विस्थापित गुयेन थी नहानले भनिन् ।

आँधीको शक्ति अवतरण भएपछि क्रमशः कमजोर हुने अपेक्षा गरिएको छ ।

संयुक्त टाइफुन चेतावनी केन्द्रले टोन्किनको खाडी नजिकको महाद्वीपीय किनारमा पुग्दा समुद्रको गर्मी कम हुने भएकाले आँधी कमजोर हुने सम्भावना रहेको बताएको छ ।

आइतबार भियतनाममा दर्जनभन्दा बढी घरेलु उडानहरू रद्द गरिएका थिए भने टाइफुनले त्यहाँको दक्षिणी क्षेत्र पार गर्दै गएकाले चीनको उष्णकटिबन्धीय रिसोर्ट हाइनानमा करिब २० हजार बासिन्दालाई खाली गरिएको थियो ।

हाइनानको मुख्य सहर सान्याले रमणीय क्षेत्रहरू बन्द गरेको छ भने र व्यावसायिक गतिविधि रोकिएको छ ।

भियतनामको कृषि मन्त्रालयका अनुसार सन् २०२५ को पहिलो सात महिनामा प्राकृतिक प्रकोपका कारण एक सयभन्दा बढी मानिस मारिएका वा बेपत्ता भएका छन् ।

आर्थिक क्षति दुई करोड १० लाख डलरभन्दा बढी भएको अनुमान गरिएको छ ।

गत सेप्टेम्बरमा आएको टाइफुन यागीका कारण मात्र भियतनामले करिब तीन अर्ब ३० करोड डलरको आर्थिक क्षति व्यहोरेको थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ३ : ५६ बजे

भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नामबाट नागरिकता जारी

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी– बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र

अनुगमनमा कैफियत देखिएपछि एक स्टोरलाई विभागको जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल