राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि तालिका सार्वजनिक « Khabarhub

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि तालिका सार्वजनिक


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनका लागि तालिका सार्वजनिक भएको छ ।

सोमबार प्रतिनिसभाका सचिव हर्कराज राईले भदौ ११ गतेका लागि निर्धारण गरिएको सभापतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् । 
जसअनुसार भदौ १० गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रस्ताव दर्ताको समय निर्धारण गरिएको छ । 

यस्तै भदौ १० गते सवा ४ बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ता क्रमअनुसार सूची प्रकाशन हुने छ । 

यस्तै भदौ ११ गते दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ । 

उक्त बैठक समितिको कार्यकक्षमा बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ४ : २६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म