सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद « Khabarhub

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

रौतहट– सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३० बोरा सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले ईशनाथ नगरपालिका–४ मठियास्थित रामसिंह चनौको भट्टी पसल नजिकैबाट सो परिमाणको सूर्तीजन्य पदार्थ आज बरामद गरेको जानकारी दिए ।

‘सशस्त्र प्रहरी प्रमुख बस्नेत र ‘बोर्डरआउटपोष्ट’ औरैयाका सशस्त्र प्रहरी निरीक्षक खेमरोज जोशीको कमाण्डमा खटिएको संयुक्त टोलीले सीमास्थित दशगजा क्षेत्रदेखि करिब दुई सय मिटर पूर्वतर्फ रामसिंह चनौको भट्टी पसलको छेउ र चुमन मियाँको धान खेतमा अवैध रुपमा भण्डारण गरी लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको ३० बोरा सुर्तीजन्य पदार्थ गौर भन्सार कार्यालयमा बुझाइएको छ ‘ उनले भने।

सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१-८२ मा ? पाँच करोड ७४ लाख दुई हजार छ सय ९९ मूल्य पर्ने भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ ।

जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, औरैया, बन्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर सुर्तीजन्यसहित विभिन्न किसिमका लागूपदार्थ, लत्ताकपडा, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौला खालका हातहतियार, पटकालगायतका अवैध सामग्री नेपालतर्फ भित्रिने तथा चोरी डकैती गरी सीमापार भएर सुरक्षित हुनखोज्ने गैह्रकानुनी घटनाक्रम न्यूनीकरण तथा नियन्त्रण गर्न  सशस्त्र प्रहरी वल केन्द्रित रहेको प्रमुख बस्नेतले स्पष्ट गरे ।    

रौतहटका सशस्त्र प्रहरी प्रमुख बस्नेतका अनुसार जिल्लास्थित स्थानीय निकाय, विभिन्न राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण जनतासमेतको साथ–सहयोग र समन्वयमा सीमा तथा भन्सार क्षेत्रमा हुनसक्ने अवैधकारोबारसहित गैह्रकानुनी गतिविधि न्यूनीकरण तथा नियन्त्रण गर्ने सन्दर्भमा उल्लेख्य सफलता प्राप्त भएको छ ।   

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ४ : ३३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्