गौरा–बलानपट्टि सडक निर्माण गरिँदै « Khabarhub

गौरा–बलानपट्टि सडक निर्माण गरिँदै


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बोदेबरसाईन–  यहाँको बोदेबरसाईन नगरपालिका–३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि जोड्ने सडक निर्माण हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच मधेस प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहले उक्त सडकको शिलान्यास गरे ।

सिंहले जनताको सहयोगका कारण आफू निर्वाचित भएकाले जनताको हित र अधिकार तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। उनले बजेट विनियोजनका लागि पटकपटक पहल गरिएको भन्दै सडक निर्माणपछि यहाँका हजारौँ स्थानीय लाभान्वित हुने धारणा राखे।

कार्यक्रममा बोदेबरसाईन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साह, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, बोदेबरसाईन–१ का वडाध्यक्ष रवीन्द्रकुमार साह, वडा नम्बर ३ का वडाध्यक्ष शिवनारायण यादव, पूर्वाधार विकास कार्यालय राजविराजका लेखापाल वीरेन्द्रकुमार साह, इञ्जिनियर दिनेश ठाकुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीलगायत दर्जनौँ स्थानीयवासी तथा नेताकार्यकर्ताको उपस्थित थियो ।

पूर्वाधार विकास कार्यालय राजविराजको आर्थिक सहयोगमा करिब रु १४ करोड ८६ लाख २० हजार ८४५ लागतमा निर्माण हुने उक्त सडकको ठेक्का यम-यस सारस सगरमाथा जेभी त्रियुगा–११ उदयपुरले पाएको छ । 

गत असार २५ गतेदेखि सुरु भई विसं २०८४ असार १९ गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीयले सडक निर्माण समयमै सम्पन्न भएमा आवागमन सहज हुने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ५ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्