इजरायली राजदूतले भने- विपीनसहितका बन्धकलाई छुटाउन नसकेकोमा दु:खी छौँ « Khabarhub

इजरायली राजदूतले भने- विपीनसहितका बन्धकलाई छुटाउन नसकेकोमा दु:खी छौँ


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि इजरायलका राजदूत शामुलिक अरी बासले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग सोमबार भेटवार्ता गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री थापाले भेटका क्रममा वर्तमान अवस्थामा बदलिँदो भूराजनीतिक आयाम र यसले थपेका जटिलताले क्षेत्रीय शान्ति मूलतः मध्यपूर्वमा पनि असर पारेको बुझ्न सकिने बताए ।

राजदूतले राखेका सरोकारका विषयमाथि नेपाल सरकारको सरोकारवाला निकायसम्म पुर्‍याउने उनले बताए ।

क्षेत्रीय शान्तिका लागि एउटा जिम्मेवार राष्ट्रको रुपमा इजरायलले चालु युद्धको समाप्ति लगायत स्थायी शान्तिमा महत्वपूर्ण दायित्व निर्वाह गर्ने कुरामा थापाले विश्वास ब्यक्त गरे ।

इजरायलले नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलव्ध गराएको, विद्यार्थीलाई तालिम र कृषिलगायतका अन्य क्षेत्रमा दिएको सहयोगका लागि थापाले धन्यवाद दिए ।

हमासको बन्धकका रुपमा रहेको विपीन जोशीको रिहाइका लागि आवश्यक पहल लगायत गाजामा देखिएको भोकमरीसहितका मानवीय संकट यथाशीघ्र समाधान गर्न उनले इजरायली पक्षसँग अनुरोध गरेका छन् ।

भेटका क्रममा राजदूतले हमासले इजरायलमाथि गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको स्मरण गरे । उनले नेपाली युवा विपीन जोशीलाई बन्धक बनाएको विषयमा दुःख व्यक्त गरे ।

पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका सदस्य-सचिव राजाराम बर्तौलाका अनुसार ६७० दिनसम्म पनि विपीन लगायत बन्धकलाई छुटाउन नसकिएकोमा इजरायली राजदूतले दुःख व्यक्त गरे ।

हमासको बन्धकमा अझै ५० जनाभन्दा बढी रहेका छन् । जसमध्ये बीसजना जीवितै रहेको उनले बताए । विपीन जोशीका आमा र बहिनीलाई इजरायल लगेर बन्धक छुटाउन अन्तराष्ट्रिय दबाब दिइएको पनि उनले बताए ।

नेपाल र इजरायलबीचको कुटनीतिक सम्बन्धको चर्चा गर्दै उनले आपसी हितका कृषि, प्राविधिक, शैक्षिक, श्रमलगायत विविध क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गरे ।

विपीनलाई हमासले बन्धक बनाएपछि नेपाल सरकारले ‘लर्न, अर्न एण्ड रिटर्न’कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल जाने विद्यार्थीलाई रोकेको भन्दै यो अवरोध हटाइदिन राजदूतले अनुरोध गरे ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ५ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्