बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा « Khabarhub

बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनल प्रवेश गरेको हो ।

बुधबार राति यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतका लागि ओपनर अभिषेक शर्माले सानदार अर्धशतक बनाए । मात्र ३७ बल खेलेका उनले पाँच छक्का र ६ चौकाको मद्दतमा ७५ रन जोडेका हुन् । उसका लागि हार्दिक पाण्डेयले ३८ रन जोड्दा शुभमन गिलले २१ रनको योगदान दिए ।अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् ।
बंगलादेशका रिशाद हुसैनले दुई विकेट हात पार्दा ताजिम हसन, मुस्तफिजुर रहमान र मोहम्मद सैफुदिनले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ३ बलमा अलआउट हुँदै १२७ रनमा समेटिएको हो ।

बंगलादेशका साहिद हसनले अर्धशतक बनाए । ५१ बलको सामना गरेका उनले पाँच छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ६९ रन बनाए । उसका लागि प्राभेज हुसेनले २१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेनन् । बंगलादेशलाई सस्तैमा समेट्न भारतका सुलदीप यादवले सर्वाधिक तीन विकेट हात पारे भने जसप्रित बुमराह र वरुण चक्रवतीले दुईदुई विकेट लिए । अक्षर पटेल र तिलक बर्माको नाममा एकएक विकेट रहयो ।

एसिया कपको फाइनलमा भारतले बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपको फाइल सेप्टेम्बर २८ तारिखमा हुँदैछ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ५ : ४९ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका