वीरगञ्ज भन्सारका यार्डमा १७९ सवारीसाधन थन्किए « Khabarhub

वीरगञ्ज भन्सारका यार्डमा १७९ सवारीसाधन थन्किए


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधन भन्सार जाँचपास नभएर थन्किएका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले एकीकृत जाँचचौकीमा ७५ वटा चारपाङ्ग्रे र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा १०४ थान चार पाङ्गे सवारीसाधन भन्सार जाँचपासको प्रक्रियामा रहेका जानकारी दिए ।

‘आयातकर्ताले चाडपर्व लक्षित गरेर चार पाङ्ग्रे सवारीसाधनको जाँचपास प्रक्रिया अघि बढाउँदै आएका छन्,’ उनले भने, ‘भन्सारको यार्डमा रहेका सवारीसाधन क्रमशः भन्सार जाँचपासको प्रक्रियामा अघि बढ्नेछन् ।’

कार्यालयका अनुसार सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा चार पाङ्ग्रे सवारीसाधनको भन्सार जाँचपास प्रक्रिया अघि बढिसकेको छ भने एकीकृत जाँचचौकीमा रहेका सवारीसाधनको पनि आवश्यक प्रक्रिया अघि बढेको छ ।

वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा सात अर्ब १६ लाख मूल्य बराबरको सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।

गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने सामग्री (पार्टपूर्जा) आयात भएका हुन् ।

गत आवको दुई महिनामा पाँच अर्ब २५ करोड मूल्यका सवारीसाधन तथा सामग्री आयात भएको थियो । (रासस)

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ७ : ०३ बजे

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नौ दशमलव १४ मेगावाट

अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो (तस्बिरसहित)

काठमाडौँ– टर्किस एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेपछि अवरुद्ध भएको

फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि

विमानस्थल ठप्प भएपछि एयर अरेबियाको जहाजले लगायो नौ फन्का

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाजमा अवतरणका क्रममा टायर

अवतरणका क्रममा टर्किस एयरलाइन्स जहाजको टायर पड्किँदा आगो निस्कियो, यात्रु सुरक्षित

काठमाडौँ– इस्तानबुलबाट काठमाडौँ आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा