सञ्चालनमा ल्याइयो तीन मन्त्रालयमा हटलाइन नम्बर « Khabarhub

सञ्चालनमा ल्याइयो तीन मन्त्रालयमा हटलाइन नम्बर


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ ।

मन्त्रालयका विभाग, आयोजना तथा मातहतका कार्यालयमा सेवाग्राहीलाई काम पन्छाउने, घुस-रिसवत माग्ने, अनावश्यक दुःख दिने, अपमानजनक व्यवहार गर्नेलगायतका गतिविधि भएमा सेवाग्राहीले प्रत्यक्ष गुनासो दिन सक्ने व्यवस्था मिलाइएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित गुनासोका लागि टेलिफोन नम्बर ०१–४२११५११ र हटलाइन नम्बर ११५१ प्रयोग गर्न सकिनेछ ।

यसैगरी सहरी विकास मन्त्रालयसम्बन्धी गुनासोका लागि टेलिफोन नम्बर ०१–४२०००१ प्रयोग गर्न सकिने व्यवस्था गरिएको जनाइएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी गुनासोका लागि ०१–४२११७२ मा सम्पर्क गर्न सकिने छ । तीन वटै मन्त्रालयमा गुनासो [email protected] पठाउन सकिनेछ ।
 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ३ : २५ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल