सडकमा जित्यौं, तर राजनीतिक रूपमा हार्यौं: ज्ञानेन्द्र शाही « Khabarhub

सडकमा जित्यौं, तर राजनीतिक रूपमा हार्यौं: ज्ञानेन्द्र शाही


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले हालैको जेनजी आन्दोलनपछि देशले महत्वपूर्ण राजनीतिक अवसर गुमाएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गर्दै उनले सडकमा आन्दोलन सफल देखिए पनि राजनीतिक रूपमा भ्रष्ट नेतृत्व ले फेरि जित हासिल गरेको दाबी गरेका छन्।

​शाहीका अनुसार, आन्दोलनको मूल माग ुप्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीु को एजेन्डा असफल भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नै अहिले उक्त व्यवस्था सम्भव नभएको घोषणा गरिसकेकाले यसको पुष्टि भएको उनको भनाइ छ।

​शाहीले आन्दोलनले उपलब्धि गुमाउनुमा नेतृत्वमा भएको कमजोरीलाई मुख्य कारक देखाएका छन्। उनले भनेका छन्, “सबै कुरा हातमा थियो तर पनि गुमायौं।” उनका अनुसार, भदौ २४ गतेकै दिन सडकबाट घोषणा गर्नुपर्ने माग वास्तविक जेनजी प्रतिनिधिहरूले नभई अन्य समूह ले वार्ता गरेर सम्झौता गरेका कारण देशले राजनीतिक उपलब्धि गुमाउन पुग्यो।

​शाहीले वर्तमान राजनीतिक अवस्थाबारे निराशा व्यक्त गर्दै अब हुने निर्वाचन सामान्य सांसद निर्वाचन मात्र हुने उल्लेख गरेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव संविधान संशोधनमार्फत मात्र सम्भव हुने र त्यसका लागि १८४ सांसदको सहमति आवश्यक पर्ने भएकाले व्यवहारतः त्यो सम्भव नदेखिने उनको तर्क छ।

​नेता शाहीले अन्तमा भ्रष्ट नेताहरू फेरि अग्रस्थानमा पुगेको आरोप लगाउँदै नयाँ पुस्ताको राजनीतिक आकांक्षा अधुरै रहने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ८ : १८ बजे

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी