लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ « Khabarhub

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएका हातहतियारसहित उनीहरुको साथबाट हतियार र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नपा–९ स्थित लायकु बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरिएको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल र ३६ राउण्ड गोली बरामद गरिएको छ ।

त्यसैगरी हातहतियारको ७३० राउण्ड गोलीसहित सोही वडाकै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय एक बालक पक्राउ परेका छन् ।

गोलीसहित पक्राउपर्नेमा काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का तथा बारा घर भएका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेको प्रहरीले जनाएको छ ।

यसैगरी, धुलिखेल नपा–१ का रमेश तामाङलाई पनि पक्राउ गरेको जनाएको छ । उनले इलाका प्रहरी कार्यालय बनेपाबाट लुटपाट गरी हतियार लगेर प्रदर्शन गर्दै टिकटकसमेत बनाएको आरोप छ ।

लुटिएको हतियार तथा गोलीसहित पक्राउबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । यसैगरी यस अवधिमा विभिन्न कारागारबाट भागेका ३७ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ९ : ४९ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष