आदिनाथको मन्दिरमा मेला : दुई लाख भक्तजन सहभागी « Khabarhub

आदिनाथको मन्दिरमा मेला : दुई लाख भक्तजन सहभागी


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एक महिनासम्म सञ्चालित मेलामा करिब दुई लाख भक्तजनले सहभागिता जनाएका छन् ।

आश्विन शुक्ल पूर्णिमादेखि सुरु भएको उक्त मेलामा मन्दिरमा दर्शनका लागि काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट भक्तजन सहभागी भएका हुन् । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्बित मूर्ति राखिएकाले आदिनाथ भनिन्छ । 

हिन्दु तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको आदिनाथलाई हिन्दु धर्मावलम्बीले शिव शक्तिका प्रतीकका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । बौद्ध अनुयायीले लोकेश्वर तथा करुणाका प्रतीकका रुपमा पूजाआजा गर्ने चलन छ ।

दुवै धर्मका भक्तजनको सम्बन्ध पाइने उक्त मन्दिरलाई अर्धनारेश्वरसमेत भनिन्छ । यो एक महिनाको अवधिमा मन्दिरमा दर्शन गर्दा रोगव्याधी तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि पाइन्छ । भय, रोग र विघ्नबाट मुक्त भई परिवारमा सुख तथा समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

सोही अवधिमा लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्धमार्गीहरुको विश्वास छ । मन्दिरमा दर्शन तथा पूजाआजा गरेमा आर्थिक समृद्धि प्राप्त हुने विश्वासका साथ भक्तजनले दर्शन गरेको पूजारी सरोज शाक्यले जानकारी दिए । भक्तजनले विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा गर्ने प्रचलन छ ।

लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको ऐतिहासिक र पुरातात्विक महत्वको मन्दिरमा विभिन्न भाँडाकुँडा तथा गरगहना चढाउने गरेको पाइन्छ । काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त स्थलबाट विभिन्न हिमशङ्खला तथा काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । 

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  २ : ११ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग