अर्थमन्त्रीलाई नाफिजको प्रतिवेदन « Khabarhub

अर्थमन्त्रीलाई नाफिजको प्रतिवेदन


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तयार पारेको ‘जेनजी आन्दोलन (ध्वंश) पछिको अर्थतन्त्रको मार्गचित्र’ नामक प्रतिवेदन सरकारलाई बुझाइएको छ ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति र मुलुकको अर्थतन्त्रबारे अध्ययन गरिएको उक्त प्रतिवेदन नाफिज अध्यक्ष मेनुका कार्कीले आज अर्थमन्त्री डा रामेश्वर खनाललाई हस्तान्तरण गरिन् ।

कार्कीले भूकम्प, नाकाबन्दी र कोभिडले थलिएको अर्थतन्त्र क्रमशः सुधारोन्मुख भइरहेका बेला ‘जेनजी’ प्रदर्शनका क्रममा भएको घुसपैठले थप क्षतिग्रस्त हुन पुगेको बताउँदै त्यसको पूर्ति गर्न ठूलो स्रोतसाधन खर्चिनुपर्ने आवश्यकता औँल्याइन् ।

अर्थमन्त्री खनालले यही प्रदर्शजका क्रममा भएको क्षति बिमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्था भए सरकारले आवश्यक सहयोग गर्ने बताए । उनले सरकारले हाल क्षतिको आधिकारिक तथ्याङ्क सङ्कलन गरिरहेको र क्षतिको विवरण आएपछि व्यवसायीलाई आवश्यक सहयोग गरिने बताए ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  ७ : ४९ बजे

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा