पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु « Khabarhub

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु


८ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झापा, धनुषा र महोत्तरीमा गरी तीन जनाको मृत्यु भएको हो ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार झापाको शिवसताक्षी नगरपालिकास्थित लालपानीमा खेलिरहेका बेला खुट्टामा गोमन सर्पले डस्दा एक पाँच वर्षीय बालकको मृत्यु भएको छ । उहाँको उपचारका लागि सर्पदंश केन्द्र चारआली लैजाने क्रममा मृत्यु भएको हो ।

यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका—४ क्याम्पसचोक बस्ने ४३ वर्षीय एक महिलाको आगोले जलेर मृत्यु भएको छ । लक्ष्मी पूजाको दिन बालिएको दियोमा पुनः तेल हाल्ने क्रममा अचानक कपडामा आगो सल्किँदा घाइते भएपछि उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

यस्तै, महोत्तरीको बर्दिवास नगरपालिका—१ सङ्गमटोलस्थित एक घरमा ग्यास चुहावट भई अचानक आगलागी हुँदा ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आगलागीमा परी शरीरको ९० प्रतिशत भाग जलेका उहाँको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएकामा कीर्तिपुरस्थित बर्न अस्तपालमा उपचारका क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

पछिल्ला २४ घण्टामा भएका १६ वटा विपद्जन्य घटना भएका र विभिन्न ठाउँमा तीन जना घाइते भएका पनि प्राधिकरणले आज जारी बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शनिबार  १० : ३३ बजे

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग