साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक « Khabarhub

साढे आठ वर्षमा पनि बनेन हुलाकी सडक


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– अढाइ वर्षमा निर्माण गरिसक्नुपर्ने समयावधि तोकिएको कञ्चनपुरको हुलाकी सडक साढे आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

जिल्लाको पुर्नर्वास नगरपालिकाको डोकेबजारबाट वेदकोट नगरपालिकाको दैजीसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणको २०७३ साल फागुनमा सुरुवात भएको थियो ।

तीन चरणमा ठेक्का दिएर थालिएको काम निर्माण कम्पनीको ढिलासुस्तीका कारण पटकपटक म्याद थप गर्दा पनि सम्पन्न हुन नसकेको हो । कूल ६२ किमी सडकमध्ये हालसम्म ५० किमी मात्रै कालोपत्र भएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले तीन चरणमध्ये दोस्रो चरणको करिब १२ किमी हुलाकी सडक कालोपत्र हुन नसकेको बताए ।

‘दोस्रो २२ किमीको काममा एक हजार १०० मिटर भारतसँगको सीमा विवादका कारण निर्माण छाडेको हो । सोसहित १२ किमी कालोपत्र भएको छैन’, उनले भने, ‘२२ किमीको निर्माण अन्तिम चरणमा पुगेको छ ।’

त्यसैगरी सोही सडकअन्तर्गत दोदा नदीमा पक्की पुल निर्माणका लागि चालु आवमा २५ करोड बजेट विनियोजन भएको प्रमुख लामिछानेले जानकारी दिए । सडक निर्माणले कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकलाई सदरमुकाम महेन्द्रनगर र प्रदेश राजधानीलगायत अन्य जिल्लासम्मको आवागमनमा सहज भएको छ ।

‘वर्षौँसम्म हिलो र धुलो खाएर यात्रा गर्नुपरेको छ’, बेलौरीका शिक्षक केशव विष्टले भने, ‘अढाइ वर्षमा सकिनुपर्ने सडक निर्माण ठेकेदारको लापरबाहीले साढे आठ वर्षसम्म नबन्दा हैरानी खेप्नुपर्‍यो ।’

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : ५५ बजे

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

जित सुनिश्चित भएपछि ओलीले समेटे सुहाङलाई, उनी भन्छन्- ‘म साझा उम्मेदवार हुँ’

काठमाडौं– नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफू साझा उम्मेदवार भएको बताएका

प्रदिपले छाडेपछि उपाध्यक्षका लागि रघुजीलाई अवसर

काठमाडौं– नेकपा एमालेको उपाध्यक्ष पदका लागि ओली समूहले रघुजी पन्तलाई आफ्नो

युवा नेतालाई प्रश्न : महाधिवेशनपछि एमाले कस्तो होला ?

काठमाडौं । नेकपा एमाले ११औं महाधिवेशनको अन्तिम चरणमा छ ।

पुराना र पाका नेताहरूलाई सम्मान गर्न प्यानलमा नाम समेटेका हौँ : कर्ण थापा

काठमाडौं- नेकपा एमाले एघारौं महाधिवेशनमा सचिव पदका उम्मेदवार कर्ण थापाले