स्वास्थ्यमन्त्री गौतमबाट कपिलवस्तु र रूपन्देहीका स्वास्थ्य संस्थाको अनुगमन « Khabarhub

स्वास्थ्यमन्त्री गौतमबाट कपिलवस्तु र रूपन्देहीका स्वास्थ्य संस्थाको अनुगमन


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले संघीय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका विशिष्ट पदाधिकारीसहित कपिलवस्तु र रूपन्देही जिल्लाका विभिन्न स्वास्थ्य संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन् ।

मातृ मृत्युदर उच्च रहेको लुम्बिनी प्रदेशमा पनि विशेष गरि कपिलबस्तु जिल्लाको स्वास्थ्य सुधारको लागि लुम्बिनी लगायतका प्रदेशहरूमा तत्काल सुधारका लागि विशेष कार्य घोषणा गरेकी छिन् ।

अनुगमनका क्रममा मन्त्री गौतमले कपिलवस्तुको लबनी स्वास्थ्य चौकी, पकडी आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर सहित), बाणगंगा आयुर्वेद औषधालय, निर्माणाधीन आधारभूत अस्पतालहरू (शुद्धोधन र मायादेवी गाउँपालिका), हरनामपुर प्राथमिक अस्पताल, र कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र (दोहनी) को अवलोकन भ्रमण गरेकी छिन् ।

मन्त्री शर्माले रूपन्देही जिल्लाका महत्त्वपूर्ण स्वास्थ्य संस्थाहरु, सैनामैना नगरपालिकास्थित आधारभूत अस्पताल र पदमपाणी प्राकृतिक चिकित्सालयको अवलोकन गर्नुका साथै प्रदेशको उपचारात्मक सेवा प्रवाहको केन्द्र मानिने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सेवा प्रवाह, विस्तार र भावी योजनाबारे पदाधिकारीहरूसँग छलफल गरेकी थिइन् ।

नागरिकको स्वास्थ्य रक्षाका लागि संक्रामक रोगहरूको निगरानी र निदानात्मक सेवाको गुणस्तर सुनिश्चितताका लागि रूपन्देहीको तामनगरमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण, विभिन्न स्थानीय तह तथा स्वास्थ्य संस्थाका प्रतिनिधिबीच भएको संक्षिप्त भेटघाट तथा अन्तरक्रिया गर्दै मन्त्री शर्माले सुशासन, जवाफदेहिता र नागरिकमैत्री सेवाका लागि स्पष्ट कार्ययोजना सहित अगाडी बढ्नु पर्ने बताएकी छिन् ।

नागरिकको संविधानप्रदत्त मौलिक हकको सुनिश्चितताका लागि आधारभूत स्वास्थ्य सेवा प्रवाहको विकल्प नरहेको कुरामा जोड दिँदै स्वास्थ्यकर्मीहरूले गरेका उल्लेखनीय कामको मन्त्री गौतमले प्रशंसा गरेकी थिइन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : ०३ बजे

परराष्ट्रमन्त्री खनाललाई रुसी समकक्षीको बधाई

काठमाडौँ– रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त

गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन