स्वास्थ्यमन्त्री गौतमबाट कपिलवस्तु र रूपन्देहीका स्वास्थ्य संस्थाको अनुगमन « Khabarhub

स्वास्थ्यमन्त्री गौतमबाट कपिलवस्तु र रूपन्देहीका स्वास्थ्य संस्थाको अनुगमन


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले संघीय तथा प्रदेश स्वास्थ्य मन्त्रालयका विशिष्ट पदाधिकारीसहित कपिलवस्तु र रूपन्देही जिल्लाका विभिन्न स्वास्थ्य संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छिन् ।

मातृ मृत्युदर उच्च रहेको लुम्बिनी प्रदेशमा पनि विशेष गरि कपिलबस्तु जिल्लाको स्वास्थ्य सुधारको लागि लुम्बिनी लगायतका प्रदेशहरूमा तत्काल सुधारका लागि विशेष कार्य घोषणा गरेकी छिन् ।

अनुगमनका क्रममा मन्त्री गौतमले कपिलवस्तुको लबनी स्वास्थ्य चौकी, पकडी आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर सहित), बाणगंगा आयुर्वेद औषधालय, निर्माणाधीन आधारभूत अस्पतालहरू (शुद्धोधन र मायादेवी गाउँपालिका), हरनामपुर प्राथमिक अस्पताल, र कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र (दोहनी) को अवलोकन भ्रमण गरेकी छिन् ।

मन्त्री शर्माले रूपन्देही जिल्लाका महत्त्वपूर्ण स्वास्थ्य संस्थाहरु, सैनामैना नगरपालिकास्थित आधारभूत अस्पताल र पदमपाणी प्राकृतिक चिकित्सालयको अवलोकन गर्नुका साथै प्रदेशको उपचारात्मक सेवा प्रवाहको केन्द्र मानिने लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सेवा प्रवाह, विस्तार र भावी योजनाबारे पदाधिकारीहरूसँग छलफल गरेकी थिइन् ।

नागरिकको स्वास्थ्य रक्षाका लागि संक्रामक रोगहरूको निगरानी र निदानात्मक सेवाको गुणस्तर सुनिश्चितताका लागि रूपन्देहीको तामनगरमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण, विभिन्न स्थानीय तह तथा स्वास्थ्य संस्थाका प्रतिनिधिबीच भएको संक्षिप्त भेटघाट तथा अन्तरक्रिया गर्दै मन्त्री शर्माले सुशासन, जवाफदेहिता र नागरिकमैत्री सेवाका लागि स्पष्ट कार्ययोजना सहित अगाडी बढ्नु पर्ने बताएकी छिन् ।

नागरिकको संविधानप्रदत्त मौलिक हकको सुनिश्चितताका लागि आधारभूत स्वास्थ्य सेवा प्रवाहको विकल्प नरहेको कुरामा जोड दिँदै स्वास्थ्यकर्मीहरूले गरेका उल्लेखनीय कामको मन्त्री गौतमले प्रशंसा गरेकी थिइन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : ०३ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा