छोरीमाथि पनि छोरासरह लगानी गर्नुपर्छ : प्रधानमन्त्री « Khabarhub

छोरीमाथि पनि छोरासरह लगानी गर्नुपर्छ : प्रधानमन्त्री


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले छोरीहरुमाथि छोरासरह लगानी गरे मात्रै समानता आउने बताएकी छिन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मङ्गलबार उनले अभिभावकलाई छोरीमाथि लगानी गर्न हिचकिचाउन नहुने बताइन् ।

उनले भनिन्, ‘वास्तवमा मनैदेखि छोरीमाथि लगानी छैन । सहरबजार र शिक्षित परिवारमा छोरीलाई छोरासरह शिक्षा दिए पनि ग्रामीण तथा विकटमा अझै छोरीलाई अवसरबाट वञ्चित गरेको पाइन्छ । उनीहरूले समानता बुझ्नै पाएका छैनन् । गरिबीमा समानता हुँदैन । खानै छैन कसरी समानता आउँछ ।’

प्रधानमन्त्री कार्कीले प्रत्यक्ष निर्वाचनमा जिताएर महिलालाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिइन् ।

उनले आफू अन्तरिम सरकारको प्रधानमन्त्री मात्रै भएको भन्दै समानताको कुरा साकार गर्नका लागि महिलालाई प्रत्यक्ष चुनावमा जिताएर प्रधानमन्त्री बनाउनुपर्ने उल्लेख गरिन् ।

उनले भनिन्, ‘महिला उम्मेदवारलाई झारा टार्न चुनाव जित्नै नसक्ने क्षेत्रको टिकट दिने अभ्यास छ । चुनाव हार्ने क्षेत्रमा टिकट दिइन्छ । प्रत्यक्ष निर्वाचनमा जितेर बनेको प्रधानमन्त्री भएमा समानता हुन्छ । अन्तरिम सरकारको प्रधानमन्त्री भएर महिलाको समानता भयो भन्नु गलत हो ।’

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : ०९ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी