दुवै चुनावका लागि आयोगमा दर्ता भयो एमाले « Khabarhub

दुवै चुनावका लागि आयोगमा दर्ता भयो एमाले


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तत: नेकपा एमाले पनि आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दर्ता भएको छ।

नेकपा एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार माघ ११ मा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि एमालेको दर्ता नम्बर ९३९ प्राप्त भएको छ।

उता फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले ९७१ नम्बरमा दर्ता भएको छ । एमालेको समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ।

एमालेले गत भदौ २७ गते गरिएको प्रतिनिधिसभा विघटनलाई गलत भन्दै आएको छ । उसले फागुन २१ मा निर्वाचन नै हुन नसक्ने जनाउँदै संसद् फर्काउने पर्ने मत राख्दै आएको छ।

तर भदौ २४ गतेसम्मको सत्ता सहयात्री नेपाली कांग्रेस पनि निर्वाचन आयोगमा दर्ता भएपछि एमाले दबाबमा परेको थियो । यस्तोमा दर्ता हुने समयको एक दिनअघि नै एमाले निर्वाचन आयोगमा दर्ता भएको हो ।

एमालेले पछिल्लो समय केन्द्रदेखि वडासम्म आफूलाई चलायमान गरेको छ। काठमाडौंमा दुईवटा ठूला प्रदर्शन गरेको एमालेले मंसिर २७ गते ११ औँ महाधिवेशन पनि गर्दैछ । महाधिवेशनपछि एमालेले आफ्नो सम्पूर्ण शक्ति निर्वाचनतिर लगाउने सम्भावना छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १ : २७ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको